
काठमाण्डु, ५ पुस– के तपाईंले आफ्नो मोबाइलमा नेपाल टेलिकमले पठाएको म्यासेज हेर्नुभएको छ ।
शुक्रबारदेखि लगातार टेलिकमले बाँडेको प्रिपेड र पोस्टेपड मोबाइलमा अचम्मको म्यासेज आइरहेको छ ।
म्यासेजमा काठमाण्डु उपत्यकामा व्यवसायिक यौन सम्पर्कका लागि युवा वा युवती चाहिएमा सम्पर्क राख्न भनिएको छ ।
‘काठमाण्डु उपत्यकाभित्र किशोर किशोरीहरु व्यवसायिक यौन सम्पर्कका लागि उपलब्ध छन्’, म्यासेजमा छ ।
थप जानकारीका लागि भन्दै एनसेलको ९८०८९६९९२१ र ९८०८९७०११ मा फोन गर्न आग्रह गरिएको छ ।
तर दुवै नम्बर डायल गर्दा उताबाट ‘माफ गर्नुहोला, तपाईंले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन’ भन्ने सन्देश आउँछ ।