बसमा करेन्ट लाग्दा चारको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष ६ गते १०:३८ मा प्रकाशित

सिन्धुपाल्चोक, ६ पुस–काठमाण्डुबाट सिन्धुपाल्चोक पाङ्ताङ गाविसअन्तर्गत कात्तिकेतर्फ जाँदै गरेको यात्रुबाहक बसमा खम्बाबाट झोलिएको ११ हजार भोल्टको तारबाट करेन्ट प्रवाह हुदा चारजना यात्रुको मृत्यु भएको छ ।

बा२ख २७०२ नम्बरको बस बराम्ची गाविस २ बालुवामा पुगेपछि अपराह्न यो घटना भएको हो । घटनामा मृत्यु हुनेमा बतासे ३ की ७० वषर््ािया मनमाया भुजेल, पाङ्ताङ ८ की ४५ वर्षीया सर्किनी स्याङ्वो, गोल्चे ४ का ४५ वर्षीय रेखबहादुर स्याङ्वो र गुम्बा गाविस ६ का २५ वर्षीय कामी भन्ने विकास तामाङ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त घटनामा घाइते भएका आठ यात्रुलाई काभ्रेको धुलिखेल अस्पतालमा लगिएको छ । बसमा करिब ५५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । विद्युत् खम्बाको दूरी टाढा भई तार झोलिएर बसमा छोएपछि करेन्ट प्रवाह भएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us