कति छ मन्त्री खड्काको सम्पत्ति ?

काठमाण्डु टुडे २०७१ पुष ५ गते ७:४२ मा प्रकाशित

काठमाण्डु, ५ पुस–सहरी विकास मन्त्री डा नारायण खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७०–७१ को सम्पत्ति विवरण पेस गरेका छन् ।

narayan-khadka

मन्त्री खड्काको काठमाण्डुको खड्का भद्रकालीमा घर जग्गा, गृह जिल्ला उदयपुरमा १५ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

यसैगरी मन्त्री खड्कासँग करिब १८ तोला सुन, मन्त्री खड्काकी श्रीमतीको नाममा नविल बैंकमा दुई लाख ६० हजार एक सय ६८ रहेको र श्रीमतीकै नाममा सोही बैंकमा दुई हजार एक सय ९९ डलर रहेको बताएका छन् ।

मन्त्री खड्काको नाममा एभरेष्ट बैंकमा एक लाख ४३ हजार रहेको र एउटा टोयोटा कार रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us