भद्रपुर विमानस्थललाई रातमा पनि सञ्चालन गरिन्छः मन्त्री अमात्य

काठमाण्डु टुडे २०७१ पुष ५ गते ८:५७ मा प्रकाशित

झापा, ५ पुस–पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले भद्रपुर विमानस्थललाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार तयार गर्ने बताउँदै राति पनि उडान गर्नसक्ने गरी आवश्यक पूर्वाधार निर्माण गरिने जानकारी गराएका छन् ।

DSC_8253 pp final

भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले सो विमानस्थलमा रातको समयमा पनि जहाजलाई तेल भर्नसक्ने तथा आवश्यक उज्यालोको व्यवस्था एक्सरे मेसिन, भवनको मर्मतसम्भार गरी छिटै रात्रिकालीन उडान सञ्चालन गर्न सकिने उल्लेख गरे ।

एक प्रसङ्गमा मन्त्री अमात्यले नयाँ संविधान तोकिएकै समयमा जारी गर्न राजनीतिक दलहरुबीच गम्भीर छलफल भएको बताउँदै निर्धारित मितिमै संविधान आउने कुरामा शङ्का नगर्न आग्रह गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us