गोरखा, ५ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि गोरखाका सरकारी विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा बुझाउन थालेका छन् ।
गत कात्तिकदेखि जिल्ला शिक्षा कार्यालयमा राजीनामा बुझाउने शिक्षकको भिड छ । आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जिल्लामा कार्यरत तीन हजार शिक्षकका कागजात र प्रमाणपत्र छानबिनका लागि शिक्षा कार्यालयसँग माग गरेको थियो ।
कार्यालयमा आएर अहिलेसम्म १० राहत दरबन्दीका, दुई सट्टा र ४३ दरबन्दीका शिक्षकले आआफ्ना पदबाट राजीनामा दिएको शिक्षा कार्यालयले जनाएको छ । रासस