प्रचण्ड गठबन्धन हदैसम्म लचक हुने

काठमाण्डु टुडे २०७१ पुष ५ गते ५:५८ मा प्रकाशित

gathabandhanकाठमाण्डु, ५ पुस–प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी नेतृत्वको सङ्घीय  लोकतान्त्रिक गठबन्धनले माघ आठ भित्रै संविधान ल्याउनका लागि सत्तारुढ दलसँग हदैसम्मको चलकता अपनाउने निर्णय गरेको छ ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बिहान बसेको गठबन्धनको बैठकले संविधानका विवादित विषयमा लचकताका साथ सहमति खोज्ने र त्यो नभए अन्य विकल्प रोज्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधानका विवादित विषयमा सत्तारुढ दलले पनि सकारात्मक छलफल अघि बढाएकाले सहमतिका लागि अन्तिम प्रयास गर्ने र नभए अन्य विकल्पमा जाने निर्णय भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us