ट्रक दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष ५ गते ९:०६ मा प्रकाशित

चितवन, ५ पुस–चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत दाहखानी गाविसस्थित रिद्धिखोला नजिकै भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

हेटौँडाबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख ३५७१ नम्बरको ट्रक सडकबाट करिब ४० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ट्रक चालक हेटौँडा–११ का २३ वर्षीय उमेश कप्रौला र सोही स्थान बस्ने वर्ष १८ का महेश कार्कीको उपचारका क्रममा शजिबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति करिब १२ बजे भएको सो दुर्घटनामा सोही स्थान बस्ने १७ वर्षका अमृत कप्रौला र १४ वर्षीय एकराज कार्की गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक के कारणले दुर्घटना भएको नखुले पनि चालक निदाएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us