
काठमाण्डु, ३ पुस– राष्ट्रपति डा रामवरण यादवले पाकिस्तानको पेशावर सहरस्थित एक विद्यालयमा भएको आक्रमणमा परी ठूलो सङ्ख्यामा निर्दोष बालबालिका मारिएका तथा घाइते भएका खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।
राष्ट्रपतिले उक्त आक्रमणलाई मानवता विरोधी बर्बरतापूर्ण अपराध भन्दै कडा शब्दमा भत्र्सना गरेका छन् । उनले आफ्ना पाकिस्तानी समकक्षी मामनुन हुसेनलाई बुधबार एक शोक सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट पाकिस्तान सरकार, त्यहाँका जनता र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
राष्ट्रपति यादवले नेपाली जनताका तर्फबाट आक्रमणमा घाइते भएका सर्वसाधारणको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
रासस