
दाङ, ४ पुस– जिल्ला अदालत दाङले गाई मारेको अभियोगमा एकजनलाई १२ वर्ष दैक सुजाय सुनाएको छ ।
अदालतले जिल्लाको सैघा गाविस– ७ का माघे पुनलाई १२ वर्षको कैद सजाय सुनाएको हो ।
उनले छिमेकी लक्ष्मी पुनको गाईलाई फरुवाले टाउकोमा हानेर मारेका थिए ।
उनीविरुद्ध लक्ष्मीले गत कात्तिक २ गते गौबध मुद्धा दर्ता गराएकी थिइन् ।