बालिका बलात्कारका आरोपीलाई किन छाड्यो अदालतले ?

काठमाण्डु टुडे २०७१ पुष ४ गते ५:०३ मा प्रकाशित

लहान, ४ पुस– बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका दुईजनालाई बिहीबार जिल्ला अदालत सिरहाले सफाइ दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिरहाको सिलोर्वा पछवारी गाविस–९ की १८ वर्षीय चन्द्रप्रकाश यादव र सोही ठाउँका २२ वर्षीय मरिचमान पासवानलाई सफाइ दिएको हो ।

अदालतमा पीडितले दिएको बयान र सो बयानअनुसारको प्रमाण नपुगेको भन्दै अदालतले दुवैजनालाई सफाइ दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक वकिल हेमचन्द्र रेग्मीले जानकारी दिए ।

गत भदौ ४ गते खेतमा काम गर्न गएकी १५ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका दुवै जना गत असोज २ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us