बलात्कारीलाई कारबाही माग गर्दै छात्राहरुले गरे चक्काजाम
काठमाण्डु टुडे
२०७१ पुष ४ गते ७:१४ मा प्रकाशित
काठमाण्डु, ४ पुस–पूजा बोहरालगायत बलात्कृत महिलालाई न्याय दिलाउन भन्दै नेपाल विद्यार्थी सङ्घ पद्ममकन्या क्याम्पस एकाइले बागबजार सडकमा चक्काजाम गरेर नाराबाजी गरेको छ ।
सो क्याम्पसका विद्यार्थीले शुक्रबार बिहान बिहान ९ बजेदेखि ९ः३० बजेसम्म सडकजाम गरेर ‘महिला हिंसा अन्त्य गर’ ‘बलात्कृत घटनाका दोषीलाई कडा कारबाही गर’ लगायतका नारा लगाए ।
कार्यक्रममा एकाइ अध्यक्ष साधना घिमिरेले पद्ममकन्या क्याम्पस महिला हिंसाका विरुद्ध लडिरहेको बताउँदै मुलुकमा बढ्दै गएका बलात्कारका घटना रोक्न सबै महिला एकजुट हुनुपर्ने बताइन् ।
फितलो न्याय व्यवस्थाका कारण मुलुकभर महिलामाथि हुने हिंसा र बलात्कारका घटना बढ्दै गएको भन्दै उनले त्यस्ता घटनाका दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरिन् । रासस