रौतहट, ५ पुस– ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई रौतहट प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट हथियाही–७ रुपनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।
गत साल भदौ ९ गते हथियाही गाविस–६ का सन्तोष साहलाई हत्या गरी नहरमा फालेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सानुबाबु थपलियाले बताए ।