
काठमाण्डु, ४ पुस– एमाले नेता विष्णु पौडेलले सहमति वा प्रक्रिया दुवैबाट अघि नबढ्ने भए संविधानसभा विघटनको अवस्था आउन सक्ने बताएका छन् ।
संविधानसभाको शुक्रबारको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै उनले सहमति पनि नगर्ने र प्रक्रियामा पनि जान नदिने भए फेरि संविधानसभा विघटन हुन सक्ने बताए ।
उनले संविधानसभा विघटन हुन नदिन एमाओवादी गम्भीर हुनुपर्ने उल्लेख गरे । ‘संविधानसभालाई फेरि असफल र विघटन गराउनबाट रोक्ने हो भने एमाओवादी गम्भी हुनुपर्छ’, पौडेलले भने, ‘सहमति र प्रक्रिया दुवै नहुने भए के फेरि संविधानसभा विघटन गर्ने त ?’
उनले सहमतिका नाममा बहुमतले अल्पमतले भने जसरी काम हुन नसक्ने प्रष्ट्याए । उनले आफूहरुले अल्पतको सम्मान गरे पनि अल्पमतले बहुमतलाई अपांग बनाउन नसक्ने तर्क गरे ।
पौडेलले सहमति नभए प्रक्रियाबाटै भए पनि माघ ८ मा संविधान जारी गर्नुको विकल्प