चिठ्ठामा कार र नगद पुरस्कार परेको भन्दै ठगी गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ पुष ४ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, ४ पुस– भारत तथा पाकिस्तानका विभिन्न नम्वरबाट लाखौं रकम तथा कार गाडी पुरस्कार परेको छ भनी ठगी गर्ने अभियुक्तलाई महानगरीय अपराध महाशाखा हनुमानढोकाको विशेष टोलीले पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले विभिन्न व्यक्तिलाई मारुती सुजुकी कार र चिठ्ठा परेको छ, उक्त चिठ्ठावापत पुरस्कार प्राप्त गर्न सरकारलाई राजस्व बुझाउनुपर्ने भन्दै सर्वसधारणबाट लाखौँ ठगी गर्नेलाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो ठगीको अभियोगमा प्रहरीले बैतडीका दिपेन्द्र भट्ट, मोरङका सुनिल प्रधान र पिङ्कु भनिने तारिक अलीलाई पक्रेको जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us