सोलुखुम्बु, ३१ असोज–गत सोमबार बरुञ्चे हिमाल जाने क्रममा हिमपहिरोमा पुरिएका दुई जनाको शव निकालिएको छ । लुक्लाबाट औजारसहित घटनास्थल गएको टोलीले पहिरोमा पुरिएका दुई जनाको शव निकालिएको हो । हिम पहिरोमा स्नो होराइजन कम्पनीका दुई जना स्टाफ र उनीहरू बसेको होटलका मालिकसमेत पुरिएका थिए...
चितवन, ३१ असोज–चितवनको फिस्लीङबाट सोमबार त्रिशुली नदीमा खसेको माइक्रो बस र बेपत्ता १३ यात्रुको खोजीका लागि बिहिबारदेखि क्रेनको प्रयोग गरिएको छ । अहिलेसम्मको खोजतलासले हराइरहेका फेला नपरेपछि क्रेनको प्रयोग गरेर खोजी अभियान तीब्र पारिएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिए । छोराछोरीसहित...
सप्तरी, ३१ असोज–म्यादी प्रहरीमा भर्ना हुन आएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराजमा सार्वजनिक गरेको छ । पच्चीस वर्षीया ती महिलालाई सप्तरीको रुपनगर–९ निवासी २३ वर्षीय बालेश्वर यादव, सोही गाविस–८ निवासी २४ वर्षीय राजेश्वर सरदार र...
विराटनगर, ३१ असोज–गृहमन्त्री माधवप्रसाद घिमिरेले आगामी संविधानसभा सदस्य निर्वाचनमा अवरोध सिर्जना गर्ने र निर्वाचन बिथोल्न खोज्नेलाई सरकारले कुनै हालतमा नछाड्ने चेतावनी दिएका छन । स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न वर्तमान सरकारले सुरक्षाको दह्रो बन्दोबस्त गरेको पनि उनले बताए । बिराटनगरमा आयोजित पूर्वाञ्चल...
तुलसीपुर (दाङ), ३१ असोज–सरकारले बर्सेनि विद्यालय भर्ना अभियानका लागि जिल्लामा लाखौँ रुपैयाँ खर्च गरे तापनि जिल्लामा अझै करिब १४ हजार बालबालिका विद्यालय बाहिर छन् । विद्यालय भर्ना अभियानका लागि लाखौँ रुपैयाँ खर्च गरे तापनि राज्यको सो अभियान सम्बन्धित ठाउँसम्म पुग्न सकेको छैन । जिल्लामा...
गोलबजार (सिरहा), ३१ असोज–मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्नप्रसाद सिंहमाथि बुधबार राति आक्रमण भएको छ । बकरिदका अवसरमा बलकवा–४मा क्षेत्र नं ५ का उम्मेदवार जाबेद खाँको घरमा शुभकामना आदानप्रदान गर्न पुगेका बेला सिंहलगायत फोरम नेता तथा कार्यकर्तामाथि आक्रमण...
इटहरी, ३१ असोज–दसैँमा टीका थाप्न जाने यात्रुको तुलनामा सवारीसाधन कमी हुँदा सयौँ यात्रु धरानको भानुचोकस्थित पहाडी बसपार्कमा हैरानीमा परिरहेका छन् । बिहानदेखि धरानबाट धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर लगायतका पहाडी जिल्लामा जानका लागि लामबद्ध भएर भानुचोकको पहाडी बसपार्कमा उभिएका यात्रु तीनचार घण्टासम्म बस चढ्न नपाएर...
पोखरा, ३१ असोज–निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशनसँगै निर्वाचन चिह्न वितरण गरेपछि कास्कीका चार निर्वाचन क्षेत्रमा चुनावी वातावरण तातेको छ । उम्मेदवारहरु अहिले आ–आफनो क्षेत्रमा पुगी घरदैलो कार्यक्रम, कोणसभा एवम् भेटघाट जस्ता कार्यक्रममा व्यस्त हुन थालेका छन् । मतदाताहरुले पनि चियापसल, भेटघाट...
काठमाण्डु ३१–उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचिका लागि संसोधन गर्ने समय पनि शुरु भइसकेको छ । कात्तिक ५ गते भित्र उनीहरुले बन्दसूचि संसोधन गरिसक्नु पर्नेछ । अहिले उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ पसिसकेका छन् । यसरी उम्मेदवार...
चितवन, ३१ असोज–बडा दसैँ पर्व सकिएलगत्तै गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचन कार्यालय चितवनले कात्तिकको पहिलो साताबाट मतदाता शिक्षा स्वयम्सेवक र निर्वाचन शिक्षा कार्यकर्तालाई गाउँमा पठाउन लागेको हो । विद्यालयका शिक्षक शिक्षिका र गाउँ विकास समितिका सामाजिक परिचालकलाई मतदाता शिक्षा...
काठमाण्डु,३० असोज–दोस्रो संविधानसभा निर्वाचनका लागि केही राजनीतिक दलहरूले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएका छन् । निर्वाचन कार्यतालिकाअनुसार समानुपातिकतर्फको संशोधनसहितको बन्दसूची दर्ता गराउने समय आगामी कात्तिक ५ गतेसम्म तोकिएको छ । यसअघि दलहरूले आयोगसमक्ष प्रस्तुत गरेको समानुपातिक निर्वाचनको सूचीमा त्रुटि भेटिएको जनाउँदै आयोगले...
हुम्ला, ३० असोज –तिब्बतबाट भेँडाच्याङ्ग्रा नआएपछि हुम्लावासीले फर्सि खाएर दसैँ मनाएका छन् । प्रत्येक वर्ष तिब्बतको ताक्लाकोटबाट पाँच हजारको हाराहारीमा भेँडाच्याङ्ग्रा ल्याउने गरिएकामा यसपटक त्यस्तो हुन नसकेपछि हुम्ली जनताले भेँडाच्याङ्ग्राको सट्टा स्याउ, आलु र फर्सीको बलि चढाएर दसैँ मनाए । तिब्बतबाट भेँडाच्याङ्ग्रा नआएपछि स्थानीय...