राजनीति

चुनाव भए पनि संविधान बन्दैन: गुरुङ

२०७० कार्तिक १ गते १०:३८

काठमाण्डु, १ कात्तिक– नेकपा–माओवादीका सचिव देव गुरुङले ४ मंसिरमा निर्वाचन भए पनि संविधानसभाबाट संविधान नबन्ने दाबी गरेका छन् । राजधानीमा शुक्रबार भएको कार्यक्रममा उनले सरकार र चार दलले जवर्जस्ती गर्न लागेको निर्वाचनले सकारात्मक परिणान नदिने बताए । उनले सकेसम्म संविधान नै नलेखिने र लेखिए...

राजनीतिक स्थिरताका लागि राष्ट्रपतीय व्यवस्था

२०७० कार्तिक १ गते १०:०४

म्याग्दी, १ कात्तिक–एकीकृत नेकपा (माओवादी)का नेता लोकेन्द्र बिष्टमगरले विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था उपयुक्त हुने बताएका छन ।शुक्रबार गुर्जा गाविसमा चुनाव प्रचारप्रसार अभियानअन्तर्गत आमसभामा बिष्ट मगरले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै जनताको अधिकार स्थापित गर्न नयाँ संविधान बनाउन एमाओवादीलाई मतदान गर्न आग्रह गरे...

निर्वाचन सुरक्षार्थ १ लाख १५ हजार प्रहरी खटाइने

२०७० कार्तिक १ गते ८:४३

पोखरा, १ कात्तिक – सरकारले आसन्न संविधानसभा निर्वाचन सुरक्षाका लागि एक लाख १५ हजार प्रहरी परिचालन गर्ने भएको छ । सरकारले निर्वाचन सुरक्षाका लागि सशस्त्र र जनपद गरी एक लाख १५ हजार सुरक्षाकर्मी खटाउने भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनको बिहीबार...

खोजी सहयोगी हातहरुको

२०७० कार्तिक १ गते ७:०१

यी हुन तनहुँ छिपछिपेका २८ बर्षीय हेमराज गुरुङ । यिनको अनुहारमा मासुको डल्लो पलाएको बर्षौ भइसकेको छ ।  उपचारका लागि चितवनको भरतपुर स्थित क्यान्सर र भारतका विभिन्न अस्पतालमा पुगिसकेका गुरुङको रोग निको हुन सकेको छैन । उनी थप उपचारका लागि काठमाण्डुस्थित सुस्मा मेमोरियल अस्पतालमा...

सल्लाहकार गौतमको निधन,तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

२०७० कार्तिक १ गते ६:५४

काठमाण्डु, १ कात्तिक–नेकपा–माओवादीका केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद् शिवराज गौतमको निधन भएको छ । रक्तक्यान्सरबाट पीडित गौतमको उपचारका क्रममा गएराति अल्का अस्पताल जावलाखेलमा निधन भएको हो । पहिलो संविधानसभा चुनावमा गौतम दाङ–४ बाट १८ हजार ८ सय ५४ मतका साथ निर्वाचित भएका थिए  । उनी...

संघीयता खारेज गर्नुपर्छ : केसी

२०७० कार्तिक १ गते ६:११

अर्घाखाँची, १ कात्तिक– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । अर्घाखाँचीमा शुक्रबार भएको एक कार्यक्रममा उनले संघीयता मुलुक टुक्र्याउने मुद्धा भएकाले त्यसलाई खारेज गरिनुपर्ने बताए । संघीयताकै कारण गत संविधानसभाबाट संविधान बन्न नसकेको उनको भनाइ थियो । केसीले जातीय संघीयता...

दसैँलगत्तै अस्पतालमा बिरामीको चाप बढ्यो

२०७० कार्तिक १ गते ५:११

गाईघाट,१ कात्तिक–जिल्ला अस्पताल उदयपुरमा बडादसैँ सकिनै लाग्दा बिरामीको चाप फेरि बढ्न थालेको छ । दसैँको एक हप्ताअघि देखि जिल्ला अस्पतालमा बिरामीको चाप क्रमशः घट्दै गएको भए तापनि दसैँको तृत्तीयादेखि बिस्तारै पुनः वृद्धि हुन थालेको हो । अहिले दुई दिनभित्र मात्र झन्डै ३० जना बिरामी...

जन्ती बोकेको जिप दुर्घटनामा १४ घाइते,झापामा एक पैदलयात्रीको मृत्यु

२०७० कार्तिक १ गते ४:५४

गुल्मी, १ कात्तिक–गुल्मीको वामीमा जन्ती सवार जिप बिहीबार राति दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बागलुङको रिघाबाट वामीमा दुलही लिन आएको ग१ज ५०३८ नम्बरको जिप वामी–२ र ३ को बीचमा राति आठ बजेतिर दुर्घटना भएको हो ।  दुर्घटनामा जिपचालक  ३० वर्षीय टेकबहादुर...

नेपालमा पहिलो पटक मत्स्य विज्ञानमा स्नातकतहको पढाइ सुरु हुँदै

२०७० कार्तिक १ गते २:३४

चितवन, १ कात्तिक–कृषि तथा वन विज्ञान विश्वविद्यालयले यो वर्षबाट मत्स्य विज्ञानमा स्नातकतहको पढाइ सुरु गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरणमा ढिलाइ गरे पनि विभिन्न विषयको पाठ्यक्रम निर्माण गरी विश्वविद्यालयले नयाँनयाँ विषयको पढाइ सुरु गर्न लागेको हो । विश्वविद्यालयले स्नताकदेखि विद्यावारीधिसम्मको पठनपाठन सञ्चालन...

आज कोजाग्रत पूर्णिमा,वडा दसै सकिदै

२०७० कार्तिक १ गते ०:०७

काठमाण्डु १ कात्तिक–नेपालीहरूको महान् चाड बडाददसैँ  आज कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुँदैछ । यही असोज १९ गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडाददसैँ आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–अराधना गरी विसर्जन गरिँदैछ । सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको...

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, समानुपातिकको छपाइ सकियो

२०७० असोज ३१ गते १७:०१

भक्तपुर, ३१ असोज–आसन्न संविधानसभा निर्वाचनका लागि गत असोज १९ गतेदेखि मतपत्र छपाइ सुरु गरेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समानुपातिकतर्फको मतपत्र छपाइ कार्य समाप्त गरेको छ । केन्द्रले हाल प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको...

वाइसिएलको कार्यबाहक अध्यक्षमा बिज्ञान,प्रवक्तामा दीपशिखा

२०७० असोज ३१ गते १६:२१

काठमाण्डु ३१ असोज–एकीकृत माओवादीको सहयोगी संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले रामचन्द्र शर्मा बिज्ञानलाई कार्यबाहक अध्यक्ष र रामप्रसाद सापकोटा दीपशिखालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । वाइसिएल केन्द्रीय कार्यालयको बिस्तारित बैठकले आगामी मंसिर ४ गते हूने संविधानसभाको चूनावसम्मका लागि कार्यबहाक अध्यक्षको जिम्मा ‘बिज्ञान’लाई र प्रवक्तामा दीपशिखालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us