वाइसिएलको कार्यबाहक अध्यक्षमा बिज्ञान,प्रवक्तामा दीपशिखा

काठमाण्डु टुडे २०७० असोज ३१ गते १६:२१ मा प्रकाशित

काठमाण्डु ३१ असोज–एकीकृत माओवादीको सहयोगी संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले रामचन्द्र शर्मा बिज्ञानलाई कार्यबाहक अध्यक्ष र रामप्रसाद सापकोटा दीपशिखालाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।RCDipshika

वाइसिएल केन्द्रीय कार्यालयको बिस्तारित बैठकले आगामी मंसिर ४ गते हूने संविधानसभाको चूनावसम्मका लागि कार्यबहाक अध्यक्षको जिम्मा ‘बिज्ञान’लाई र प्रवक्तामा दीपशिखालाई दिने निर्णय गरेको हो ।
संविधानसभामा यूवा मूद्धाहरुलाई उठाउन, प्रचारप्रसार गर्न र संबिधानसभाको चूनाव सफल पार्नका लागि कार्यबहाक अध्यक्ष ‘बिज्ञान’ को संयोजकत्वमा ‘दीपशिखा’ प्रबक्ता रहने गरी एक हजार एक सय ११ सदस्यीय निर्बाचन परिचालन कमिटी निमार्ण गरिएको सो संगठनले जनाएको छ । अध्यक्ष गणेशमान पुनका अनुसार उपलब्ध केन्द्रिय सदस्य, राज्यका अध्यक्ष÷संयोजक, केन्द्रिय कार्यालयका सदस्यबा आआफ्ना फिल्डको रिपोर्ट पेश गरेपछि त्यस्तो निर्णय गरिएको हो । पुन संबिधानसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवार भएका कारण बिज्ञानलाई कार्यबाहक अध्यक्षको जिम्मा दिइएको हो ।
पुनका अनुसार ‘संगठन निर्माण, सूदृड र विस्तार’ अभियान शानदार रुपमा अघि बढिराखेको, निर्वाचन क्षेत्र, गा“उगा“उसम्म यूवा परिचालन, संगठन निर्माण र बिस्तारका साथै संबिधानसभा प्रचारका साथै उत्पादनको योजना निमार्णका लागि तयारीको काम सम्पन्न भएको निस्कर्ष बैठकले निकालेको छ । यूवा उम्मेदवार लगायत एनेकपा माओबादीका उम्मेदवारहरुलाई जिताउन र संघियता पक्षधर शक्तिहरुस“ग चूनावी तालमेल र सहकार्य गर्नलाई सबै तहमा ब्यापक रुपमा अभियान चलाउने निर्णय गरिएको पुनले बताए ।
पुनका अनुसार संबिधानसभाको चूनावलाई स्वतन्त्र,शान्तिपूर्ण, धाद“लीरहित ढंङ्गले अगाडी बढाउन सबै तहका कमिटि र सदस्यहरुका जिम्मेवारी मातृ पार्टी एकिकृत नेकपा माओबादीको चूनावी अभियानस“ग जोडेर तय गरिएको छ । बैठकले केन्द्रिय कामलाई सहजतापूर्वक सम्पन्न गर्न बिभिन्न बिभागहरु गठन तथा पूनर्गठन गरेको छ । जसअनूसार संगठन विभागमा लक्ष्मी चौलागाइ ‘शैलेन्द्र’, अर्थ बिभागमा प्रकाश जिएम, प्रचारप्रसार र सूचनाप्रविधि विभागमा राम प्रसाद सापकोटा ‘दीपशिखा’, स्कूलिङ्ग बिभागमा उदय राई, अन्तराष्टिय बिभागमा यूवराज दूलाल ‘शरद’, केन्द्रिय कार्यालयमा गोबिन्द बटाला ‘जिवित’, कार्यालय सचिवमा धनन्जय शर्मा ‘रमेश’, स्वस्थ्य बिभागमा हरेन्द्रराय यादव, वाताबरण बिभागमा यशू चौलागाइ, कानून बिभागमा ढम्बर बहादूर शाही ‘दीलिप’, रोजगार बिभागमा मनोज लोहनी, कृषि बिभागमा तूक बहादूर थापा ‘अर्जून’, उत्पादन बिभागमा धर्म बहादूर पून ‘साहित्य’, सहकारी बिभागमा  दूर्गा प्रसाद  अधिकारी ‘उद्गम’, खेलकूद बिभागमा रुपक कोइराला, सा“स्कृतिक बिभागमा सूमन बराल, महिला बिभागमा पूष्पा घर्ति, जनजाति बिभागमा भिम बहादूर लामा ‘ज्वाला’, स्वयंमसेवक परिचालन बिभागमा संतोष, प्रकाशन बिभागमा लिला शर्मा ‘अस्मिता’ र संघसस्था समन्वय बिभागमा शिव फूयाललाई इन्चार्ज तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us