राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १२:२६ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– निर्वाचन आयोगले राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको समेत कार्यसम्पादन गर्ने गरी जिम्मेवारी दिनका लागि संविधान संशोधन गर्न सुझाव दिएको छ ।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई निर्वाचन आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको स्रोतले जानकारी दिएको छ । नेपालको संविधानको धारा ६७ मा उपराष्ट्रपति सम्बन्धी व्यवस्था छ ।

जसलाई आयोगले संशोधन गरेर ‘राष्ट्रिय सभाको अध्यक्षले उपराष्ट्रपतिको समेत कार्यसम्पादन गर्ने’ व्यवस्था गर्न भनिएको छ ।

यसरी संविधान संशोधन गरिए राष्ट्रिय सभाको गरिमा र निष्पक्षता कायम गर्दै कार्यपालिका र संसद् बिचको समन्वय प्रभावकारी बनाउन सकिने निर्वाचन आयोगको ठहर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us