काठमाण्डू, २२ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा गएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
शुक्रबार दिउँसो १ बजे बैठक बस्ने तय भएको बैठक स्थगित गरिएको समिति सभापति हरि ढकालले जानकारी दिएका छन ।
उनले रास्वपाका समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू जिल्ला अधिवेशनका लागि उपत्यकाबाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिएका छन। उनले भने, ‘रास्वपाका प्रायः माननीयहरू पार्टीको जिल्ला अधिवेशनका लागि बाहिर हुनुहुन्छ । त्यही भएर बैठक स्थगित गर्यौँ ।’
बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयनको प्रगतिबारे जानकारी सम्बन्धमा छलफल गर्ने, समिति अन्तर्गत उपसमिति गठन गर्ने तथा समितिको बैठक सञ्चालन कार्यविधि बनाउने कार्यसूची राखिएको थियो ।