इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा गर्व लाग्नेछः ट्रम्प

काठमाण्डु टुडे २०८३ जेठ २२ गते ११:५१ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा गर्व लाग्ने बताएका छन । सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म मुज्तबा खामेनीलाई भेट्न चाहन्नँ तर यदि भेटेँ भने मलाई गर्व महसुस हुनेछ।’ उनले यदि अमेरिका–इरान बीच कुनै सम्झौता भयो भने सायद म सर्वोच्च नेतालाई भेट्न सक्छु ।

यदि हाम्रो भेट भयो भने म उनीसँग सम्मानपूर्वक प्रस्तुत हुनेछु । ट्रम्पले आफ्नो सरकारले इरानबाट संवर्धित युरेनियम हासिल गर्न सैनिक पठाउने विषयमा विचार गरेको तर अन्त्यमा यो योजना खारेज गरिएको बताएका छन् ।

ट्रम्पका अनुसार, यो अपरेसन धेरै जोखिमपूर्ण थियो र यसमा अमेरिकी सैनिकहरूको ज्यान जाने आशङ्का थियो। त्यसैले यसलाई अगाडि बढाइएन ।

ट्रम्पले इरानबाट संवर्धित युरेनियम हासिल गर्नु भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्रने जस्तो छिटो र सजिलो प्रक्रिया नभएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us