राजनीति

बन्द हडताल नगर्ने एमालेको चुनावी संकल्प

२०७० असोज ३० गते १६:०९

काठमाण्डु, ३० असोज–नेकपा (एमाले) स्थायी समितिले निर्वाचन घोषणापत्रको अन्तिम मस्यौदा पारित गरेको छ ।     प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्रीको चयन, सातवटा सङ्घीय प्रदेश निर्माण, मुलुकको सामाजिक–आर्थिक विकासका लागि मार्गचित्र निर्माणका साथै बन्द हड्तालजस्ता गतिविधि कदापि नगर्ने सङ्कल्प घोषणापत्रमा गरिएको एमाले नेता रघुजी पन्तले बताए ।...

संबिधानसभाको अन्तिम निर्वाचनमा परिवर्तनकारी शक्तिलाई बिजयी गराउन प्रचण्डको अपिल

२०७० असोज ३० गते १४:१७

काठमाण्डु ३० असोज–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुन लागेको संबिधानसभाको अन्तिम निर्वाचनमा नेपालका अल्पसंख्यक र सीमान्तकृत वर्गको पहिचान र अधिकारलाई संस्थागत गर्न परिवर्तनकारी शक्तिलाई बिजयी गराउन पहलकदमी लिन अपिल गरेका छन । मुश्लीम समुदायको महान् चाड ईदुलअजहा (कुर्वानी)को अवसरमा शुभकामना दिदै...

निर्वाचन आचारसंहिताको व्यापक उल्लङ्घन

२०७० असोज ३० गते १४:११

गौशाला, ३० असोज–संविधानसभाको निर्वाचनमा उम्मेदवारका लागि निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन आचारसंहिताको महोत्तरी जिल्लामा व्यापक उल्लङ्घन भइरहेको छ । आयोगले उम्मेदवारका लागि शुभकामना आदानप्रदान, भोजभतेर आयोजना, रुपैँया पैसा वितरण, पार्टीको छाप अङ्कित गञ्जी, टोपी, ब्यागको प्रयोगजस्ता कुरामा प्रतिबन्ध लगाएको भएपनि महोत्तरीका धेरैजसो उम्मेदवार तथा...

निर्वाचनको सम्पूर्ण तयारी पूरा

२०७० असोज ३० गते १४:०६

सप्तरी, ३० असोज–निर्वाचन आयोगका आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न संविधानसभाको निर्वाचनका लागि मतपत्र छपाइबाहेक सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन । जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा बुधवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आयुक्त यादवले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले मतपत्र छपाइलाई तीव्रता...

पार्वती थापालाई आइजीपी बनाउन महिला अधिकारकर्मीको लविङ

२०७० असोज ३० गते १३:५८

काठमाण्डु, ३० असोज–महिला अधिकारकर्मीहरुले डिआईजी पार्वती थापा मगरको न्यायसंगत ढँगले आईजीपीमा बढुवा नभए सशत आन्दोलन गर्ने चेतावनी दिएका छन् । विभिन्न महिला अधिकार संगठनमा आवद्ध अधिकारकर्मीहरुले काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा थापाको बढुवामा पुरुष प्रधान भेदभाव आफुहरुलाई स्वीकार्य नहुने बताए । आगामी कार्तिक ३१ मा...

दसैँको शुभकामनासँगै चुनावको कामना

२०७० असोज ३० गते १३:४१

काठमाण्डु,३० असोज–विजयादशमीको समयमा पनि यसपटक संविधानसभा सदस्य निर्वाचनको विषयको चर्चा हुनुका साथै माहोल कायमै रह्यो । दसैँको शुभकामनासँगै राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्षलगायत शीर्ष नेताहरूले संविधानसभाको निर्वाचनको सफलताको कामना गरे । उनीहरुले देशको संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन अपरिहार्य रहेको र यसबाट समावेशी, गणतान्त्रिक र...

एमालेको घोषणापत्रमा सात प्रदेशको प्रस्ताव

२०७० असोज ३० गते १३:३५

काठमाण्डु ३० असोज–नेकपा एमालेले ७ प्रदेश हुनु पर्ने प्रस्ताव सहितको घोषणा पत्र तयार पारेको छ । स्थायी कमिटीको मंगलवारको बैठकले बहुपहिचानमा आधारित ७ प्रदेश हुने प्रस्ताव सहितको घोषणा पत्र तयार पारेको हो । विघटित संविधानसभामा प्रदेशको नाम र सिमांकनमा निक्कै विवाद भएपछि एमालेले त्यो...

संविधानसभाको प्रत्यक्षतर्फको निर्वाचनमा राना समुदायका १९ उम्मेदवार

२०७० असोज ३० गते १३:२३

कञ्चनपुर, ३० असोज–संविधानसभाको  प्रत्यक्षतर्फको निर्वाचनका लागि यहाँ विभिन्न राजनीतिक दलले राना थारु समुदायका १९ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् । राना थारु सङ्घर्ष समितिका अनुसार निर्वाचन क्षेत्र नं–१ बाट सातजना, निर्वाचन क्षेत्र नं– २ बाट आठजना, निर्वाचन क्षेत्र नं–३ बाट तीनजना र निर्वाचन...

आगामी हप्ता काँग्रेसको घोषणापत्र जारी हुने

२०७० असोज ३० गते १३:१४

विराटनगर, ३० असोज–नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसले आफ्नो घोषणापत्र आगामी हप्तामा जारी गर्ने बताएका छन । विराटनगरमा बुधवार सञ्चारकर्मीसँग कुरागर्दै उनले घोषणापत्र मस्यौदा समितिको बैठक बसेर दुईदिन भित्रै त्यसलाई टुङ्गो लगाई जारी गरिने बताए । घोषणापत्रमा विकास निर्माण, शिक्षा, स्वास्थ्य,...

देशभरको मौसममा सुधार:उपत्यकामा चहलपहल बढ्यो

२०७० असोज ३० गते १३:१०

काठमाण्डु,३० असोज–बडादसैँको बेला अप्रत्यासितरुपमा भएको तीन दिनसम्मको भारी वर्षाले आजित भएका आम नेपालीले मौसममा आएको सुधारसँगै राहत महसुुस गर्न थालेका छन् । बङ्गालको खाडीमा आएको ‘फाइलिन’ आँधीबेहरीको प्रभावका कारण गत आइतबारदेखि मङ्गलबारसम्म लगातार झरी परेपछि दसैँमा कठिनाइ बेहोरेका उनीहरू बुधबार बिहानैबाट मौसममा सुधार भई...

प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु

२०७० असोज २९ गते ८:०५

काठमाण्डु, २९ असोज– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने सविधानसभा निर्वाचनका लागि मंगलबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गरेको छ । समानुपातिकको मतपत्र छाप्ने काम सकिएकाले प्रत्यक्षतर्फको छपाइको काम थालिएको आयोग प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । समानुपातिकका लागि झण्डै १ करोड मतपत्र...

दसैंलगत्तै चुनावी घोषणापत्र सार्वजनिक गर्ने एमाओवादी तयारी

२०७० असोज २९ गते ७:५८

काठमाण्डु, २९ असोज- एकीकृत नेकपा माओवादीले दसैंलगत्तै चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवासमा सोमबारसाँझ बसेको केन्द्रीय कार्यालय बैठकले घोषणापत्रलाई अन्तिम रुप दिएर केही दिनभित्रै बाहिर ल्याउने निर्णय गरेको छ । नेता बाबुराम भट्टराई नेतृत्वको चुनावी घोषणापत्र लेखन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us