बन्द हडताल नगर्ने एमालेको चुनावी संकल्प

काठमाण्डु टुडे २०७० असोज ३० गते १६:०९ मा प्रकाशित

uml-by-shekhar1काठमाण्डु, ३० असोज–नेकपा (एमाले) स्थायी समितिले निर्वाचन घोषणापत्रको अन्तिम मस्यौदा पारित गरेको छ ।     प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्रीको चयन, सातवटा सङ्घीय प्रदेश निर्माण, मुलुकको सामाजिक–आर्थिक विकासका लागि मार्गचित्र निर्माणका साथै बन्द हड्तालजस्ता गतिविधि कदापि नगर्ने सङ्कल्प घोषणापत्रमा गरिएको एमाले नेता रघुजी पन्तले बताए ।
आगामी पाँच वर्षमा मुलुकलाई विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्न आवश्यक प्रयास गर्ने, दुईसय ४० निर्वाचन क्षेत्रमा बस्ती विकास कार्यक्रम लागू गर्ने, एकघर एक रोजगार कार्यक्रम ल्याउने, अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व लिनुपर्ने, अल्प, मध्य र दीर्घकालीन सोचअनुसार कार्यक्रम समावेश, तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा स्थापित विकास र  समाजको रूपान्तरणका निम्ति अवलम्बन गरिएका कामको निरन्तरता, राज्यका महत्वपूर्ण पदमा निर्वाचित हुन वंशजका आधारमा नागरिकता लिएको हुनुपर्नेलगायत विषय घोषणापत्रमा समावेश गरिएको जानकारी पन्तले दिए । उनका अनुसार दसैंको समाप्त हुनेबित्तिकै घोषणापत्र प्रकाशन गरिनेछ ।

http://kathmandutoday.com/wp-content/uploads/2013/08/uml-by-shekhar1.jpg

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us