आगामी हप्ता काँग्रेसको घोषणापत्र जारी हुने

काठमाण्डु टुडे २०७० असोज ३० गते १३:१४ मा प्रकाशित

विराटनगर, ३० असोज–नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसले आफ्नो घोषणापत्र आगामी हप्तामा जारी गर्ने बताएका छन ।
विराटनगरमा बुधवार सञ्चारकर्मीसँग कुरागर्दै उनले घोषणापत्र मस्यौदा समितिको बैठक बसेर दुईदिन भित्रै त्यसलाई टुङ्गो लगाई जारी गरिने बताए । घोषणापत्रमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक न्याय, मजदुर, किसान तथा द्वन्द्वपीडितको मुद्दालाई समेट्ने जानकारी पनि उनले दिए ।
नेता कोइरालाले संविधानसभाको निर्वाचनमा पहिलेको भन्दा धेरै राजनीतिक दलको सहभागिता हुने भएकाले नेपाली जनताले संविधान पाउने विश्वास व्यक्त गरे ।
एक प्रश्नको जवाफमा नेता कोइरालाले मुलुकभर निर्वाचनको वातावरण बनेकाले निर्वाचन विथोल्नेलाई जनताले साथ नदिने बताउँदै आन्दोलनरत दललाई निर्वाचन सफल बनाउनेतर्फ लाग्नसमेत आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us