पार्वती थापालाई आइजीपी बनाउन महिला अधिकारकर्मीको लविङ

काठमाण्डु टुडे २०७० असोज ३० गते १३:५८ मा प्रकाशित

काठमाण्डु, ३० असोज–महिला अधिकारकर्मीहरुले डिआईजी पार्वती थापा मगरको न्यायसंगत ढँगले आईजीपीमा बढुवा नभए सशतparbati-thapa आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विभिन्न महिला अधिकार संगठनमा आवद्ध अधिकारकर्मीहरुले काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा थापाको बढुवामा पुरुष प्रधान भेदभाव आफुहरुलाई स्वीकार्य नहुने बताए ।
आगामी कार्तिक ३१ मा प्रहरी महानिरिक्षक कुवेर सिंह रानाको अवकाश हुने हुँदा प्रहरी रोलक्रममा पनि थापा बरिष्ठ रहेकोले उनैलाइ आईजिपी बनाउँदा कानुन सम्वत् हुने बताए ।
‘महिला भएकै कारण उहाँलाई महानिरिक्षक बनाउँन पाखा लगाइएन भने उहाँ नेपालकै पहिलो महिला आईजिपी  बन्नुहुन्छ’–महिला सुरक्षा संगठनकी अध्यक्ष शारदा पोखरेलले भनिन ‘यदि थापाले महिला भएकै कारण आफ्नो अधिकार पाउनुभएन भने राज्यले आन्दोलनको सामाना गर्नुपर्नेछ । यदि महिलालाई नीति, निर्माण बनाउने जिम्मेवार निकायमा नपुयाउने हो भने अदालत मात्रै नभई अन्तराष्ट्रिय अदालत समेत जान्छौ ।’
त्यसैगरी, कार्यक्रममा संकल्प संस्थाकी अध्यक्ष दुर्गा सोबले पनि देशैभरि आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने र संविधान सभाको चुनावलाई समेत असर पर्ने बताइन । अर्की वतmा एवम् नेपाल पत्रकार महांसघकी उपाध्यक्ष यशोदा तिमिल्सिनाले सरकारले महिलाको ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको तर अझै पनि नीति निर्माण तहमा महिलाको उपस्थित् न्युन रहेको बताइन । थापाको बढुवा महिला अधिकार सुनिश्चितका लागि र लैङ्कि समानताका पनि कोसेढुँगा हुने उनले बताईन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us