
काठमाण्डू, १६ असार– प्रहरीले महिलाको अश्लिल भिडिओ बनाउँदै बेचेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २९ वर्षीय रमेश थापा छन् ।
उनलाई प्रहरीले काठमाण्डूको टोखाबाट पक्राउ गरेको हो । उनले नेपाल र विदेशमा समेत रहेका महिला तथा पुरुषहरु सँग रकम दिँदै भिडिओ कलममार्फत अश्लिल क्रियाकलापमा सहभागी गराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी अश्लिल भिडिओ बनाउँदै बेच्ने गरेको पाइएको समेत जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिएका छन ।
पक्राउ परेका उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२१ बमोजिमक अश्लिल किताब, पर्चा इत्यादी बनाउन वा बेच्न नहुने कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।