दसैंलगत्तै चुनावी घोषणापत्र सार्वजनिक गर्ने एमाओवादी तयारी

काठमाण्डु टुडे २०७० असोज २९ गते ७:५८ मा प्रकाशित

काठमाण्डु, २९ असोज- एकीकृत नेकपा माओवादीले दसैंलगत्तै चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
maoist flagलाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवासमा सोमबारसाँझ बसेको केन्द्रीय कार्यालय बैठकले घोषणापत्रलाई अन्तिम रुप दिएर केही दिनभित्रै बाहिर ल्याउने निर्णय गरेको छ ।

नेता बाबुराम भट्टराई नेतृत्वको चुनावी घोषणापत्र लेखन समितिले तयार पारेको घोषणापत्र अध्यक्ष प्रचण्डले अध्ययन गरी हेरफेर गरेपछि त्यसलाई अन्तिम रुप दिन केन्द्रीय कार्यालय बैठक बसेको हो । प्रवक्ता अग्नि सापकोटाले चुनावी घोषणापत्र अन्तिम चरणमा पुगेको र दसैं सकिएलगत्तै सार्वजनिक गरिने बताए ।

उनले चुनावी घोषणापत्रमा समावेशी र समानुपातिक लोकतन्त्र, प्रगतिशील राष्ट्रवाद, पहिचानसहितको संघीयता, सामाजिक न्यायसहितको तीव्र आर्थिक विकास, स्थिर र भ्रष्टाचारमुत्त सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुप तथा स्वास्थ्य, शिक्षा, रोजगारी र खाद्य सुरक्षा जनताका मौलिक अधिकारका रुपमा भावी संविधानमा उल्लेख गर्ने विषयलाई आफ्नो पार्टीले घोषणपत्रमा प्रम्खताका साथ समेटेको सापकोटाले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us