खोजी सहयोगी हातहरुको

काठमाण्डु टुडे २०७० कार्तिक १ गते ७:०१ मा प्रकाशित

Nose

यी हुन तनहुँ छिपछिपेका २८ बर्षीय हेमराज गुरुङ । यिनको अनुहारमा मासुको डल्लो पलाएको बर्षौ भइसकेको छ ।  उपचारका लागि चितवनको भरतपुर स्थित क्यान्सर र भारतका विभिन्न अस्पतालमा पुगिसकेका गुरुङको रोग निको हुन सकेको छैन ।
उनी थप उपचारका लागि काठमाण्डुस्थित सुस्मा मेमोरियल अस्पतालमा शनिबार आउँदैछन । उनका दाजु नरबहादुर गुरुङका अनुसार शनिवार अस्पतालमा उपचार गरिदैछ । तर गुरुङ परिवारलाई हेमराजको उपचारमा लाग्ने खर्चले पिरोलेको छ ।  दमौलीको भोर्लेटार चोकमा भेटिएका यी गुरुङ दाजुभाईले उपचारका लागि कोही सहयोगी हातहरु भेटिए उनीहरु भगवान सरह हुने बताएका छन ।
शब्द तथा तस्बिर फोटो पत्रकार महासंघ नेपाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us