चुनाव भए पनि संविधान बन्दैन: गुरुङ

काठमाण्डु टुडे २०७० कार्तिक १ गते १०:३८ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– नेकपा–माओवादीका सचिव देव गुरुङले ४ मंसिरमा निर्वाचन भए पनि संविधानसभाबाट संविधान नबन्ने दाबी गरेका छन् ।
Devराजधानीमा शुक्रबार भएको कार्यक्रममा उनले सरकार र चार दलले जवर्जस्ती गर्न लागेको निर्वाचनले सकारात्मक परिणान नदिने बताए ।

उनले सकेसम्म संविधान नै नलेखिने र लेखिए पनि अर्कैले बनाएको संविधान हुने उनको जिकिर थियो । उनले आफ्नो पार्टी सम्वद्ध ३३ दलीय मोर्चाले निर्वाचनको शान्तिपूर्ण ढंगले सशक्त बहिस्कार गर्ने दोहोर्‍याए ।

गुरुङले निर्वाचनमा सेना परिचालन भए मुलुक द्वन्द्वमा फस्ने जिकिर गरे । उनले सेना परिचालनको निणर्य गरेर सरकार आफैं द्वन्द्व निम्त्याउन अग्रसर भएको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us