संशोधित बन्दसूची दर्ता सुरु, युरोपेली सङ्घको पर्यवेक्षण टोली बिहिवारदेखि कार्यक्षेत्रमा

काठमाण्डु टुडे २०७० असोज ३० गते १७:०९ मा प्रकाशित

काठमाण्डु,३० असोज–दोस्रो संविधानसभा निर्वाचनका लागि केही राजनीतिक दलहरूले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
निर्वाचन कार्यतालिकाअनुसार समानुपातिकतर्फको संशोधनसहितको बन्दसूची दर्ता गराउने समय आगामी कात्तिक ५ गतेसम्म तोकिएको छ ।
यसअघि दलहरूले आयोगसमक्ष प्रस्तुत गरेको समानुपातिक निर्वाचनको सूचीमा त्रुटि भेटिएको जनाउँदै आयोगले राजनीतिक पार्टीहरूलाई त्यसलाई सच्च्याउन आग्रह गरेको थियो ।
आयोगले समानुपातिकतर्फको सूचीमा महिला, आदिवासी, जनजाति, दलित एवम् उत्पीडितहरूको अनुपात सन्तुलन गरेर बन्दसूची प्रस्तुत गर्न दलहरूलाई अनुरोध गरेको थियो ।
युरोपेली सङ्घको पर्यवेक्षण टोली बिहिवारदेखि कार्यक्षेत्रमा
आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्न आएका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई निर्वाचन आयोगले प्रशिक्षण दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त र आयोगका वरिष्ठ अधिकारीहरूले युरोपेली सङ्घको पर्यवेक्षण टोलीका ३४ र कार्टर सेन्टरका १२ जनालाई प्रशिक्षण दिएको हो ।
निर्वाचन आयुक्त डा. रामभक्त पिबी ठाकुरका अनुसार अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना भए÷नभएको अनुगमन गर्न तथा राजनीतिक दलका घोषणापत्रमा उल्लेख भएअनुसार काम भए÷नभएको हेर्न पनि अनुरोध गरिएको छ ।
“आचारसंहिता उल्लङ्घन भएको पाइएमा तत्काल आयोगलाई जानकारी गराउन पनि हामीले अनुरोध ग¥यौ,”उनले भने । युरोपेली सङ्घको पर्यवेक्षण टोली बिहिवार कार्यक्षेत्रमा प्रस्थान गर्दैछ भने सेन्टरको टोली पनि शीघ्र पर्यवेक्षणमा निस्कने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us