काठमाण्डु २४ कात्तिक– नेकपा–माओवादीले नेतृत्वमा रहेको ३३ दलीय राजनीतिक मोर्चाले संविधानसभा निर्वाचन बिथोल्नका लागि घोषित कार्यक्रममा केही हेरफेर गरेको छ । माओवादीले २५ गते सोमबार मात्र देशैभर आमहडताल गर्ने बताएको छ । यसअघि मंसिर ४ सम्मै आमहडताल गर्ने घोषणा गरेको माओवादीले आइतबार पत्रकार सम्मेलन...
कपिलवस्तु, २४ कात्तिक–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिमा स्पष्ट अडान नभएको नेकपा एमालेले नेपाल र नेपालीलाई धोका दिएको आरोप लगाएका छन् । एमालेसँग मिलेर बनेको आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रा कार्यक्रम ल्याए पनि एमालेकै कारण सफल हुन नसकेको उनले स्मरण गरे...
कञ्चनपुर, २४ कात्तिक–नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा निर्वाचनपछि नेकपा–माओवादीलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराइनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले आइतबार भीमदत्तनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले माओवादी पनि एक राजनीतिक शक्ति भएकाले उसबिना संविधान निर्माण गर्न नसकिने बताए...
खाँदबारी, २४ कात्तिक– एकीकृत नेकपा माओवादी संखुवासभा क्षेत्रनम्बर २ का उम्मेदवार राजेन्द्र किराँतीलाई गोली प्रहार भएको छ । जिल्लाको जलजला गाविस–२ मा चुनावी सभा सकेर फर्किने क्रममा शनिबार राती ९ बजेति किराँतीमाथि गोली प्रहार भएको हो । तर, गोली नलागेपछि उनी सकुशल छन् ।...
काठमाण्डु, २४ कात्तिक–२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको ९८ औं जन्मजयन्ती मनाइदैछ । जन्मजयन्तीको अवसरमा काठमाण्डुको शोभाभगवतीस्थित सिंहको सालिकमा विहान माल्र्यापण गरिएको छ । गणेशमान सिंहले १९९७ मा शोभाभगवतीबाट राजनीति सुरु गरी नेपाल प्रजापरिषद् मार्फत राणा विरोधी...
काठमाण्डु, २४ कात्तिक– संविधानसभा निर्वाचनको विरोधमा उत्रिएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको बैठक आइतबार बस्दै छ । चुनाव विरुद्धको आन्दोलनको स्वरुपबारे छलफल गर्न बैठक बस्न लागेको हो । काठमाण्डुको बुद्धनगरस्थित माओवादी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकले पूर्वघोषित आमहड्तालको कार्यक्रममा पुनर्विचार गर्ने नेताहरुले बताएका छन्...
गुल्मी, २४ कात्तिक–एकीकृत नेकपा माओवादी निकट वाइसिएल नेपालको टोलीले गुल्मीको पुर्कोटदहमा नेकपा एमालेको चुनावी प्रचार टोलीलाई लखेटेको छ । वाइसिएल नेपाल १३ नम्बर इलाका भेलाको तयारी गरेको स्थलमा नेकपा एमालेले चुनावी कार्यक्रम गरेको भन्दै उनीहरुलाई लखेटिएको हो । पुर्कोटदहको बजारमा वाइसिएलको टोली नारा जुलुससहित...
घोराही, २४ कात्तिक–संविधानसभा निर्बाचनको विरोधमा उत्रिएको नेकपा–माओवादीले आइतबार दाङ र बर्दिया जिल्ला बन्द आह्वान गरेको छ । चार दलका शीर्ष नेताहरुलाई बहिष्कार गर्ने कार्यक्रम अनुसार विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म चक्काजाम आह्वान गरेको नेकपा–माओवादीले जनाएको छ । मेची–महाकाली अभियान अन्तर्गत एमाओवादी अध्यक्ष पुष्पकमल...
सर्लाही, २३ कात्तिक– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर ४ गते संविधानसभा निर्वाचन सफल नभए मुलुकले ठूलो मुल्य चुकाउनुपर्ने बताएका छन् । निर्वाचन रोक्नसक्ने तागत कसैसँग नभएको भन्दै उनले निर्वाचन सफल पार्न आह्वान गरे । नेकपा–माओवादी लगायतका शक्तिहरुलाई कुनै बैकल्पिक व्यवस्था गरी संविधान निर्माण...
काठमाण्डु, २३ कात्तिक– उच्चस्तरीय राजनीतिक समितिले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चालाई संविधानसभा निर्वाचन लक्षित आमहड्ताल फिर्ता लिन अपिल गरेको छ । राजधानीमा शनिबार साँझ बसेको समिति बैठकले बन्द र हड्तालजस्ता पूर्वघोषित कार्यक्रम फिर्ता लिन सामूहिक अपिल गरेको हो । बैठकमा सहभागी...
काठमाण्डु, २३ कात्तिक–लोकतन्त्र र शान्तिका लागि पेशागत सञ्जाल (पापड) ले ४ मंसिरको संविधानसभा निर्वाचन शान्तिपूर्ण बनाउने काममा लाग्न सबैको ध्यानाकर्षण गराएको छ । पापडका तर्फबाट शनिबार विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले एक अर्काप्रति लक्षित गरी बल प्रयोगको धम्की नदिन आग्रह...
इलाम, २३ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफ्नो पार्टी भूमिगत नहुने बताएका छन् । इलाम सदरमुकाममा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भूमिगत हुन लागेको भन्ने हल्लामा सत्यता नरहेको दाबी गरे । सरकारले आफ्ना पार्टीका नेता कार्यकर्ताविरुद्ध अनावश्यक धरपकड जारी राखे भूमिगत...