
एजेन्सी– विश्वका धनी इलन मस्कले नयाँ पार्टी घोषणा गरेका छन् ।
मस्कले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म एक्समार्फत ‘अमेरिका पार्टी’ गठन भएको घोषणा गरेका हुन् ।
‘तपाईंहरूको स्वतन्त्रता फिर्ता गर्नका लागि अमेरिका पार्टी गठन गरेका छौं’, अमेरिकीहरुलाई सम्बोधन गर्दै मस्कले लेखेका छन्, ‘हाम्रो दल तपाईंहरूको चाहनाअनुसारको नयाँ राजनीतिक शक्ति हुनेछ ।’
आफ्नो नवगठित दलले प्रविधि र नवप्रवर्तनमार्फत मुलुक विकासमा योगदान गर्ने उनको दाबी छ । टेस्ला र स्पेस एक्सका मालिक मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच केही समययता सम्बन्ध चिसिएको थियो । मस्के ट्रम्पलाई राष्ट्रपति जिताउन सबै प्रकारका सहयोग गरेका थिए ।
तर, ट्म्पको कर नीतिप्रति उनी रुष्ट थिए । राष्ट्रपति ट्रम्पले दुई दिनअघि मात्र कर र खर्च कटौतीसम्बन्धी कानुन प्रमाणीकरण गरेका थिए । जसलाई मस्कले ‘घृणित’ को संज्ञा दिएका थिए ।
मस्कले ट्रम्पलाई आफूले राष्ट्रपति बनाएको दाबीसहित गलत कर नीतिका कारण उनलाई माअभियोग लगाउनुपर्ने चेतावनी पनि दिएका थिए । मस्कले ट्रम्पलाई राष्ट्रपति २५ करोडभन्दा बढी अमेरिकी डलर खर्ब गरेका थिए ।
त्यसबापत ट्रम्पले ह्वाइट हाउसमा ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) प्रमुखमा नियुक्त गरेका थिए ।
मस्कले सिनेटबाट पारित उक्त विधेयकलाई ‘पागल’ नाम दिँदै त्यो सिनेटबाट पारित भए भोलिपल्टै ‘अमेरिका पार्टी’ गठन हुने र त्यसले अमेकिारलाई डेमोक्र्याट–रिपब्लिकन ‘युनिपार्टी’ (एउटै दल) को विकल्प दिने पूर्वघोषणा मस्कले गरेका थिए ।
जवाफमा राष्ट्रपति ट्रम्पले इतिहासमा सबैभन्दा बढी राज्यबाट अनुदान पाएका मस्क त्यो बन्द भए दोकान बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्ने चेतावी दिएका थिए ।
मस्कलाई लक्षित गरी ट्रम्पले भनेका थिए, ‘अब कुनै रकेट प्रक्षेपण, उपग्रह, वा विद्दुतीय कार उत्पादन हुने छैन र हाम्रो देशले ठूलो रकम बचत गर्नेछ ।’