निर्वाचन रोक्ने तागत कसैसँग छैनः खनाल

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते १४:४७ मा प्रकाशित

Jhala-Nath-Khanalसर्लाही, २३ कात्तिक– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर ४ गते संविधानसभा निर्वाचन सफल नभए मुलुकले ठूलो मुल्य चुकाउनुपर्ने बताएका छन् । निर्वाचन रोक्नसक्ने तागत कसैसँग नभएको भन्दै उनले निर्वाचन सफल पार्न आह्वान गरे ।

नेकपा–माओवादी लगायतका शक्तिहरुलाई कुनै बैकल्पिक व्यवस्था गरी संविधान निर्माण प्रक्रियामा सहभागी बनाउन सकिने धारणा खनालले राखे । सर्लाहीको लालबन्दीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले मुलुकको भविष्य र जनताको भाग्यसँग जोडिएको विषयमा कुनैपनि दल र व्यक्तिले सतही रुपमा विश्लेषण गर्न नहुने बताए ।

स्थानीयले खनाललाई निःशुल्क जग्गा उपलब्ध गराउने

यसैबीच सर्हाली–१ का उम्मेदवार समेत रहेका एमाले अध्यक्ष खनाललाई आफ्नो क्षेत्रमा स्थायी बसोबास गर्न आग्रह गर्दै स्थानियले निःशुल्क जग्गा दिने घोषणा गरेका छन् ।

लालबन्दीमा आयोजित कार्यक्रममा एमाले जिल्ला सल्लाहकार बेचुराज तिमिल्सिनाले आफ्नो क्षेत्रको विकास र सम्वृद्धीका लागि खनाल जस्तो राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका भएको नेता आवश्यक रहेको भन्दै पत्थरकोट ९ मा रहेको आफ्नो जायजेथाबाट एक कठ्ठा जग्गा निःशुल्क दिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us