
कञ्चनपुर, २४ कात्तिक–नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा निर्वाचनपछि नेकपा–माओवादीलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराइनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले आइतबार भीमदत्तनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले माओवादी पनि एक राजनीतिक शक्ति भएकाले उसबिना संविधान निर्माण गर्न नसकिने बताए ।
नेता देउवाले निर्बाध रुपमा जनतालाई मतदानमा सहयोग गर्न माओवादीलाई आग्रह समेत गरे । देउवाले भने, ‘चुनाव बहिष्कार गर्न पाउनु उसको अधिकार हो तर बहिष्कारका नाममा जनतालाई मतदानबाट वञ्चित गराउनु हुँदैन ।’