राजनीति

आमहड्ताल विफल पार्न सबै सहमत

२०७० कार्तिक २२ गते ३:२२

काठमाण्डु, २२ कात्तिक–आसन्न संविधानसभा चुनाव बिथोल्ने उद्देश्यले नेकपा–माओवादी नेतृत्वको मोर्चाले गर्ने भनिएको आम हडतालको सर्बत्र विरोध भएको छ । औद्योगिक, व्यापारिक तथा व्यावसायिक संघसंगठनहरुले बन्दलाई सबै मिलेर असफल पार्ने र निर्वाचन सफल पार्न एकजुट हुने निर्णय गरेका छन् । जिल्ला सुरक्षा समिति रुपन्देहीले शुक्रबार...

काँग्रेस उम्मेदवारको गाडिमा आगजनी

२०७० कार्तिक २२ गते ३:१५

बनेपा, २२ कात्तिक– काभ्रे क्षेत्रनम्बर ४ का काँग्रेस उम्मेदवार कुमार लामिछानेको चुनाव प्रचारमा प्रयोग हुँदै आएको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । अरनिको राजमार्ग अन्तर्गत बनेपा – १ मा रोकिराखेको बा ९ च ११२६ नम्बरको जीपमा आगजनी भएको हो । नचिनेका व्यक्तिहरुको समूहले...

एमाओवादी नेताको घर अघि नक्कली बम

२०७० कार्तिक २२ गते ३:०३

काठमाण्डु, २२ कात्तिक–काठमाण्डुको जोरपाटी नयाँबस्तीमा एकीकृत नेकपा माओवादीका नेता गणेश रेग्मीको घर अगाडि नक्कली बम फेला परेको छ । काठमाण्डु क्षेत्रनम्बर ३ का उम्मेदवार समेत रहेका रेग्मीको घर अगाडि प्रेसर कुकरमा जोडिएको तार सहितको  शंकास्पद बस्तु फेला परेको थियो । सो बस्तु बम हुनसक्ने...

चितवन बन्द फिर्ता

२०७० कार्तिक २२ गते ३:०१

चितवन, २२ कात्तिक–कार्यकर्ता पक्राउको विरोधमा नेकपा–माओवादीले शुक्रबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता लिएको छ । एकीकृत नेकपा माओवादीका नेता तथा चितवन क्षेत्र नं. ५ का उम्मेदवार अमिक शेरचन चढ्ने गाडीमा आक्रमण गरेको अभियोगमा चितवन प्रहरीले नेकपा–माओवादीका ५ नं. क्षेत्रीय इन्चार्ज टङ्क रेग्मी गोर्खालीलाई...

जनचाहनाअनुसारको संविधान आवश्यक:रेग्मी

२०७० कार्तिक २२ गते २:२६

काठमाण्डु, २२ कात्तिक–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले विद्यमान सङ्क्रमणकालीन राजनीतिक अवस्था अन्त्य गरी हालसम्मका सबै संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी शासन व्यवस्था सञ्चालन गर्नु आवश्यक रहेको बताएका छन् । छठ पर्वको अवसरमा शुक्रबार दिएको शुभकामना सन्देशमा अध्यक्ष रेग्मीले जनचाहनाअनुसारको संविधान निर्माण गरी राष्ट्रलाई शान्ति र...

एमाओवादीको जागरण अभियान जारी

२०७० कार्तिक २२ गते १:४९

वर्दिवास, २२ कात्तिक– चुनावलाई लक्षित गरी एकीकृत नेकपा माओवादीले शुरु गरेको मेची–महाकाली अभियान शुक्रबार तेस्रो दिन पनि जारी छ ।महोत्तरीको बर्दिवासबाट तेस्रो दिनको अभियान सुरु भएको छ । शुक्रबारको अभियान पर्साको वीरगन्जमा पुगेर सकिनेछ । अभियान अन्तर्गत शुक्रबार महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका...

रेग्मीविरूद्धको रिटको सुनुवाई चुनावपछि

२०७० कार्तिक २१ गते १२:५२

काठमाण्डु, २१ कात्तिक– बाधा अड्काउ फुकाउ आदेश तथा मन्त्रिपरिषद् अध्यक्षविरुद्ध सर्वोच्च अदालतमा दायर सातवटा रिट निवेदनमा विहीबार हुने भनिएको सुनुवाइ फेरि मङ्सिर ६ गतेका लागि सारिएको छ । न्यायाधीशद्वय तर्कराज भट्ट र ज्ञानेन्द्रबहादुर कार्की देशबाहिर जानुभएका कारण नौ सदस्यीय विशेष इजलास गठन हुन नसकेकाले...

बन्द, हड्ताल नगर्न सरकारको अपिल

२०७० कार्तिक २१ गते १२:२७

काठमाण्डु, २१ कात्तिक– सरकारले ४ मंसिरको संविधानसभा निर्वाचन प्रभावित गर्ने उद्देश्यले कुनै पनि गतिविधि नगर्न सबैलाई अपिल गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बन्द, हड्तालजस्ता कार्यक्रम गरी निर्वाचनमा बाधा अवरोध नपुर्याउन आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुुरा गर्दै स्वास्थ्य तथा स्थानीय...

नौ प्रदेशसहितको संघीय संरचनाको पक्षमा लिम्बुवान मोर्चा

२०७० कार्तिक २१ गते १२:१२

इटहरी–लिम्बुवान मुक्ति मोर्चाले नौ प्रदेशको संघीय संरचना बनाउनु पर्नेमा प्रस्ताव सार्वजनिक गरेको छ । लिम्बुवान, खम्बुवान, मधेस मिथिला, नेपाल मण्डल, तामाङसालिङ, तमुवान, मगरात, थरुहट र खसान प्रान्त रहनु पर्ने सो मोर्चाको प्रस्ताव छ । ती प्रस्तावित प्रान्तभित्र स्वायत्त प्रदेशहरूमा २१ वटा स्वायत्त क्षेत्र, लिम्बुवान...

आमहड्ताल छोट्याउने वैद्य मोर्चाको तयारी

२०७० कार्तिक २१ गते १२:०१

काठमाण्डु, २१ कात्तिक– चर्को दबाबपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचन प्रभावित पार्ने उद्देश्यले घोषणा गरिएको आमहड्ताल छोट्याउन तयार देखिएको छ । वैद्य माओवादीले आगामी २५ कात्तिकदेखि ५ मंसिरसम्म देशव्यापी आमहड्ताल घोषणा गरेको छ । उपाध्यक्ष सीपी गजुरेलले परिस्थिति हेरेर ३३ दलले घोषणा गरेको आमहडताल...

आचारसंहिता अनुगमनका लागि ५६ टोली खटाइने

२०७० कार्तिक २१ गते ११:४७

काठमाण्डु, २१ कात्तिक– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्न देशभर विभिन्न ५६ वटा टोली खटाउने भएको छ । आयोगको बिहीबारको बैठकले अनुगमनका लागि ५६ टोली बनाएर देशभर पठाउने निर्णय गरेको हो । आयोग प्रवक्ता वीरबहादुर राईका अनुसार प्रत्येक टोलीको नेतृत्व सचिव वा...

प्रमुख दलको अपरिपक्व नेतृत्वका कारण मुलुक सङ्कटमाः थापा

२०७० कार्तिक २१ गते ११:१०

हेटौँडा,  २१ कात्तिक- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आम जनतालाई शान्ति सुरक्षाका साथै विकासको पूर्वाधार र आर्थिक आत्मनिर्भरतर्फ उन्मुख गर्न जनताले राष्ट्रवादी शक्तिलाई मतदान गरेर नेतृत्व दिनुपर्ने बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा जिल्लाको क्षेत्र नं १ अन्तर्गत छतिवन गाविसको जुरेली तथा स्थानीय फापरबारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us