एमाओवादीको जागरण अभियान जारी

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १:४९ मा प्रकाशित

UCPN-Maoistवर्दिवास, २२ कात्तिक– चुनावलाई लक्षित गरी एकीकृत नेकपा माओवादीले शुरु गरेको मेची–महाकाली अभियान शुक्रबार तेस्रो दिन पनि जारी छ ।महोत्तरीको बर्दिवासबाट तेस्रो दिनको अभियान सुरु भएको छ । शुक्रबारको अभियान पर्साको वीरगन्जमा पुगेर सकिनेछ ।

अभियान अन्तर्गत शुक्रबार महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका बिभिन्न स्थानमा स्थानमा सभा हुनेछन् । ति सभालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ सहितका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।

विहीबार दोस्रो दिनको कार्यक्रम जनकपुर आएर विश्राम लिएको थियो । विहीबार सुनसरीको इनरुवा, लौकही, सप्तरीको भारदह, कञ्चनपुर, राजविराज, कुसाहा, सिराहाको लहान, धनगढी, गोलबजार र मिर्चैया, धनुषाको गोदार, ढल्केबर, महेन्द्रनगर, जनकपुरधाम र फुलगामा सभा भएका थिए ।

गत बुधबार झापाको काकडभिट्टाबाट शुरु भएको जागरण अभियान कात्तिक २७ गते कैलालीको धनगढीमा पुगेर सम्पन्न हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us