राजनीति

उजुरी परेका समानुपातिक उम्मेदवारको निर्णय आज

२०७० कार्तिक २० गते ३:३२

काठमाण्डु, २० कात्तिक–निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूचीमा भएका उम्मेदवारको सम्बन्धमा परेको दावी विरोधको उजुरीमाथि बुधबार निर्णय गर्दैछ । उजुरी परेका उम्मेदवारबारे जाँचबुझ गर्ने र विहीबार अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए । आयोगले समानुपातिक तर्फका उम्मेदवारको नाम सार्वजनिक गरेपछि गएको...

तिहारलगत्तै नेताहरु चुनाव प्रचारमा व्यस्त

२०७० कार्तिक २० गते ३:३१

काठमाण्डु, २० कात्तिक–तिहारको भाइटीका सकिएसँगै राजनीतिक दलहरुले आफ्नो चुनाव प्रचार प्रसार अभियानलाई पुनः शुरु गरेका छन् । शीर्ष तहदेखि जिल्ला स्तरसम्मका नेता–कार्यकर्ताहरु आ–आफ्नो चुनावी प्रचारमा जुटेका छन् । एमाओवादीले तिहार सकिएलगत्तै मेची–महाकाली अभियान शुरु गर्दैछ । त्यसकालागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सबै शीर्ष...

तरुण दल जिल्ला सदस्य मृत फेला

२०७० कार्तिक २० गते ३:२९

दैलेख, २० कात्तिक–दैलेखको सल्लेरी गाविस–३ स्थित रानाटोलमा तरुण दलका जिल्ला सदस्य नविनसिंह राना मृत अवस्थामा फेला परेका छन् । बुधबार विहान ५ बजे घर नजिकै उनको शव फेला परेको हो । मंगलबार दिउँसो एमालेका चार जना कार्यकर्तासँग निस्केका उनलाई घरका सदस्यहरुले घर नजिकै फेला...

एमाओवादी उम्मेदवारको गाडिमा आगजनी

२०७० कार्तिक २० गते ३:२३

पोखरा, २० कात्तिक–एकीकृत नेकपा माओवादी कास्की क्षेत्रनम्बर ३ का उम्मेदवार रामजी बरालको गाडिमा बुधबार विहान अज्ञात समुहले आगजनी गरेको छ । कास्कीको हेम्जामा रोकिराखेको ग १ च ३१०४ नम्बरको गाडिमा विहान ५ बजे अज्ञात समूहले आगजनी गरेको हो । आगोमा जलेर गाडि पूर्णरुपमा क्षतिग्रस्त...

बैद्यलाई २६ सिट दिन सकिने बाबुरामको तर्क

२०७० कार्तिक १९ गते १५:५२

  काठमाण्डु १९ कात्तिक–एकीकृत माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराइले संबिधानसभा निर्वाचनपछि २६ सिट राजनीतिक सहमतिमा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीलाई दिन सकिने तर्क दोहोरयाएका छन । एमाले अध्यक्ष झलनाथ खनालले भने त्यसो गर्नु बैद्यका लागि अपमान हुने जिकिर गरेका छन । मेची महाकाली अभियानका...

‘शिर ठाडो पारेर बाँच्न मधेसवादीलाई जिताउ’

२०७० कार्तिक १९ गते १५:३९

राजविराज, १९ कात्तिक–तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शिर ठाडो पारेर बाँच्न संविधानसभा निर्वाचनमा मधेसवादी दललाई नै बहुमत दिनुपर्ने आवश्यकतामा जोड दिएका छन । आफ्नो पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरको चुनावी प्रचारको क्रममा सप्तरीको तिलाठी गाविसमा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले...

चुनाव कुनै तागतले रोक्न सक्दैन : रेग्मी

२०७० कार्तिक १९ गते १२:५०

काठमाण्डु, १९ कात्तिक–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचनको विपक्षमा लागेका दलहरुलाई मंसिर चारभित्र जनताले किनारा लगाउने चेतावनी दिएका छन् । उनले आगामी संविधानसभा निर्वाचन कुनै पनि तागतले रोक्न नसक्नेसमेत दावी गरे । एकदुई दलले भाग नलिदैमा निर्वाचनमा कुनै असर नपर्ने भन्दै रेग्मीले नब्बे प्रतिशत नेपाली...

‘प्रचण्डजी धैर्य गर्नुस् मंसिर ४ पछि को बाघ र को स्याल हुन्छ ?’

२०७० कार्तिक १९ गते १२:४८

काठमाण्डु, १९ कात्तिक–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी मंसिर ४ को लागि तय भएको संविधानसभाको निर्वाचन रोक्छु भन्नु दिवास्वप्न मात्रै हुने दावी गरेका छन् । अब कसैले निर्वाचन रोक्न नसक्ने उनले बताए । ‘स्वतन्त्र निर्वाचन लोकतान्त्रिक संविधान’नामको रिपोर्टर्स क्लब नेपालको अभियान अन्र्तगत आयोजित साक्षात्कारमा...

राप्रपाका पाँच युवा हतियारसहित पक्राउ

२०७० कार्तिक १९ गते १२:१०

चितवन, १९ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आवद्ध पाँचजना युवाहरु घरेलु हतियार सहित चितवनको मेघौलीबाट पक्राउ परेका छन् । मेघौली गाविस वडानम्बर ४ स्थित भंगाचोकबाट उनीहरु खुकुरी, खुँडा, रड लगाएतका घरेलु हतियार सहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन ।...

नवलपरासीमा सबै निर्वाचन सामग्री पुग्यो

२०७० कार्तिक १९ गते १०:२२

परासी, १९ कात्तिक–संविधानसभा निर्वाचनका लागि नवलपरासीमा चाहिने सम्पूर्ण निर्वाचन सामग्री नवलपरासी ल्याइएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासीका जिल्ला निर्वाचन अधिकारी नरहरि घिमिरेका अनुसार गत कात्तिक ९ गते मतपेटिका ल्याइएको थियो भने सोमबार समानुपातिक र प्रत्यक्षतर्फका दुवैथरीका मतपत्र ल्याइएको छ । प्राप्त निर्वाचन सामग्रीमा...

भक्तपुरका मतदाता भन्छन्, ‘गाउँ नफर्कनेलाई भोट दिन्नौं’

२०७० कार्तिक १९ गते १०:१७

भक्तपुर, १९ कात्तिक–विगतका निर्वाचनमा गाउँमा आएर भोट माग्ने तर निर्वाचन पछि गाउँ नफर्कने उम्मेदवारलाई यसपटक भक्तपुरका मतदाताले भोट नदिने भएका छन् । भोट माग्न मात्रै घरघरमा आउने, विकास निर्माणसंँगै सबै समस्या सम्बोधन गर्छौ भन्ने तर निर्वाचन पछि गाउँ नफर्कने उम्मेदवारलाई भोट नदिने भक्तपुरका अधिकांश...

हिंसात्मक गतिबिधि नगर्न बैद्यलाई आग्रह गर्दै निर्वाचन सफल बनाउन दृढतापूर्वक अघि बढने सत्ता पक्षको निष्कर्ष

२०७० कार्तिक १८ गते १६:५८

काठमाण्डु कात्तिक–संबिधानसभा निर्वाचन बिरोधी गतिबिधि बढदै गएको अवस्थामा उच्चस्तरिय राजनीतिक समिति र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी वीच नेकपा–माओवादीलाई हिंसात्मक गतिबिधि नगर्न आग्रह गर्दै घोषित मितिमा निर्वाचनलाई सफल बनाउन दृढतापूर्वक अघि बढने समझदारी भएको छ । अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेकपा–माओवादी नेतृत्वको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us