एमाओवादी उम्मेदवारको गाडिमा आगजनी

काठमाण्डु टुडे २०७० कार्तिक २० गते ३:२३ मा प्रकाशित

पोखरा, २० कात्तिक–एकीकृत नेकपा माओवादी कास्की क्षेत्रनम्बर ३ का उम्मेदवार रामजी बरालको गाडिमा बुधबार विहान अज्ञात समुहले आगजनी गरेको छ । कास्कीको हेम्जामा रोकिराखेको ग १ च ३१०४ नम्बरको गाडिमा विहान ५ बजे अज्ञात समूहले आगजनी गरेको हो ।

आगोमा जलेर गाडि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगो लगाउने समूहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसअघि एकीकृत माओवादीकै कास्की क्षेत्रनम्बर १ का उम्मेदवार विष्णु पौडेलको गाडिमा आगजनी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us