
भक्तपुर, १९ कात्तिक–विगतका निर्वाचनमा गाउँमा आएर भोट माग्ने तर निर्वाचन पछि गाउँ नफर्कने उम्मेदवारलाई यसपटक भक्तपुरका मतदाताले भोट नदिने भएका छन् । भोट माग्न मात्रै घरघरमा आउने, विकास निर्माणसंँगै सबै समस्या सम्बोधन गर्छौ भन्ने तर निर्वाचन पछि गाउँ नफर्कने उम्मेदवारलाई भोट नदिने भक्तपुरका अधिकांश मतदाताले बताएका छन् ।
भक्तपुर नंखेल गाविसका रामेश्वर पण्डितले निर्वाचनमा मात्र गाउँ आउने र विभिन्न प्रलोभन देखाएर जाने तर निर्वाचन पछि गाउँ नफर्कने पार्टीका नेता एवम् उम्मेदवारलाई यसपटकको निर्वाचनमा भोट नदिने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नम्बर १५ का सानुकाजी वासुकलाले विगतमा नेता बाठा हुने भएकाले प्रलोभनमा पारेर झुक्याउने गरेपनि अब जनता बाठा भइसकेकाले झूटो आश्वासनमा नपर्ने बताउनुभयो ।