राजनीति

एमाले कार्यकर्ता र स्थानीय युवाबीच झडप, १८ जना घाइते

२०७० कार्तिक २१ गते १०:०१

धनगढी, २१ कात्तिक–कैलालीको रामशिखरझाला गाविस ५ जनकपुरमा बुधबार साँझ नेकपा एमालेका कार्यकर्ता र स्थानीय युवा समूहबीच झडप हुँदा दुबैतर्फ गरी १८ जना घाइते भएका छन् । पिकनिक खाएर फर्किरहेका स्थानीय युवाहरू र एमाले क्षेत्रनम्बर ४ को चुनावी सभामा सहभागी एमाले कार्यकर्ताहरुबीच झडप भएको हो...

निर्वाचन सर्दैन, ढुक्क हुनुस्: कोइराला

२०७० कार्तिक २१ गते ८:३५

भरतपुर, २१ कात्तिक– काँग्रेस सभापति सुशील कोइरालाले ४ मंसिरको निर्वाचन स्थगन हुने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । तिहार मानेर निर्वाचन अभियानका लागि राजधानीबाट बिहीबार चितवन पुगेका कोइरालाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग तोकिएकै मितिमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरे । उनले सबै दल...

गरीबले जन्माएको संविधानसभा सफल पारौं : प्रचण्ड

२०७० कार्तिक २१ गते ६:४५

सुनसरी, २१ कात्तिक–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा नारायणहिटी, सिंहदरवारबाट नभई गाउँका झुपडीबाट आएको बताएका छन् । गरीब, उत्पीडित जनताको रगत पसिनाबाट जन्मेको संविधानसभालाई सफल पार्ने जिम्मेवारी तिनै जनताको काँधमा रहेको उनको भनाइ छ । मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्तरगत विहीबार...

‘मजदुर किसानको पक्षमा संविधान लेख्छौं’

२०७० कार्तिक २१ गते ६:१३

मङ्गलबारे, २१ कात्तिक–नेकपा एमाले इलाम निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुवास नेम्वाङले मुलुकलाई शान्ति र समृद्धितर्फ उन्मुख गराउन आफ्नो दल तयार रहेको बताएका छन् । त्यसका लागि एमालेको जित सुनिश्चित हुनुपर्ने उनको भनाइ छ । विहीबार विहान इलामको चुलाचुलीमा पत्रकारसँग कुरा गर्दै उनले...

जागरण अभियान विथोल्न सप्तरी बन्द

२०७० कार्तिक २१ गते ४:४३

राजविराज, २१ कात्तिक–एकीकृत नेकपा माओवादीको जागरण अभियानलाई विथोल्ने उद्देश्यले नेकपा–माओवादीले विहीबार सप्तरी जिल्ला बन्द गराएको छ । नेकपा–माओवादीका जिल्ला इन्चार्ज देवनाथ यादवले विज्ञप्ति जारी गरी जिल्ला बन्दको आह्वान गरेका हुन् । बन्दका कारण विहीबार बिहानैदेखि भाडामा चल्ने ठूला तथा साना सवारी साधन ठप्प हुँदा...

तमलोपा उम्मेदवार खाँको निधन

२०७० कार्तिक २१ गते ३:२०

तौलिहवा, २१ कात्तिक–कपिलवस्तु क्षेत्रनम्बर १ का तमलोपाका प्रत्यक्षतर्फका उम्मेदवार सराफद खाँको निधन भएको छ । खाँको हृदयघातबाट विहीबार विहान निधन भएको हो । बुधबार राती हृदयघात भएपछि उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दै खाँको निधन भएको पारिवारिक स्रोतले जनाएको...

मधेसवादी दल रक्षात्मक हुँदै

२०७० कार्तिक २१ गते ३:१८

कपिलवस्तु, २१ कात्तिक–कपिलवस्तुका पाँचवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारले नागरिकको घरदैलोमा पुगेर मतदातासँग मत माग्ने काम जारी राखेका छन् । हालसम्मको निर्वाचन गतिविधिलाई नजिकबाट नियाल्नेहरुका अनुसार जिल्लामा एमाओवादी, नेपाली काँग्रेस र एमालेको अवस्था यसपालि सुध्रिने स्थितिमा छ भने मधेसवादी दलको साख बच्न गाह्रो...

एमाओवादी उम्मेदवारको घरमा तोडफोड

२०७० कार्तिक २१ गते १:३१

इटहरी, २१ कात्तिक– एमाओवादी सुनसरी क्षेत्रनम्बर ६ का उम्मेदवार डम्बर सुवेदीको घरमा तोडफोड भएको छ । सुवेदीको इटहरी २ स्थित घरमा तोडफोड भएको हो । सुवेदी सुनसरी जिल्ला इन्चार्जसमेत हुन् । तोडफोड भएको स्थानमा ‘राष्ट्रवादी आमूल परिवर्तनकारी शक्ति सुनसरी’ लेखिएको पर्चा फेला परेको छ...

एमाओवादीको जागरण अभियान जारी

२०७० कार्तिक २१ गते १:२९

विराटनगर, २१ कात्तिक– एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनलाई लक्षित गर्दै शुरु गरेको मेची–महाकाली जागरण अभियान विहीबार पनि जारी छ । एमाओवादीले झापाको काकडभिट्टाबाट बुधबार अभियान शुरु गरेको थियो । बुधबार पहिलो दिन विर्तामोड, दमक, इटहरी हुदै मोरङको विराटनगर आएर विश्राम लिएको थियो । विराटनगरको...

बन्द फिर्ता लिन आन्दोलनकारीलाई अपिल

२०७० कार्तिक २० गते १६:२०

काठमाण्डु, २० कात्तिक–राष्ट्रिय निर्वाचन पर्यवेक्षण परिषद् नेपालले संविधानसभा निर्वाचलाई बहिस्कार गर्दै नेकपा–माओवादीले गर्ने भनेको बन्दले आम नागरिकको दैनिक जीवनमा गम्भीर असर पार्ने भन्दै अविलम्ब सो बन्द फिर्ता दिन अपिल गरेको छ । परिषद्का अध्यक्ष सुदीप पाठकले बन्दले रोजगारी, व्यापारलगायत संविधानसभा निर्वाचन २०७० लाई गम्भीररूपमा...

शीर्ष नेतालाई हेलिकोप्टर उडानमा सहमति

२०७० कार्तिक २० गते १५:००

काठमाण्डु, २० कात्तिक–निर्वाचन आयोगले अर्काे संविधानसभाको निर्वाचनका लागि आ–आफ्ना पार्टीका चुनावी कार्यक्रममा भाग लिन जानका लागि विभिन्न राजनीतिक दलका नेतालाई हेलिकोप्टर प्रयोग गर्न अनुमति प्रदान गरेको छ । आयोगका प्रवक्ता राईका अनुसार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाई कात्तिक २७ गते संखुवासभा,सोही पार्टीका वरिष्ठ नेता...

एमालेको खुकुरी प्रहारबाट काँग्रेस कार्यकर्ता घाइते, चार एमाले कार्यकर्ता बन्धक

२०७० कार्तिक २० गते १४:४६

जाजरकोट, २० कात्तिक–जाजरकोटको खगेनकोट गाविस–७ बुधबार विहान नेकपा एमालेका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् । खगेनकोट–७ का काँग्रेस कार्यकर्ता २८ वर्षीय नरबहादुर खत्री खुकुरी प्रहारबाट घाइते भएका हुन् । एमाले कार्यकर्ता धनबहादुर चदाराको खुकुरी प्रहारबाट खत्री घाइते भएको काँग्रेस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us