
मङ्गलबारे, २१ कात्तिक–नेकपा एमाले इलाम निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुवास नेम्वाङले मुलुकलाई शान्ति र समृद्धितर्फ उन्मुख गराउन आफ्नो दल तयार रहेको बताएका छन् । त्यसका लागि एमालेको जित सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।
विहीबार विहान इलामको चुलाचुलीमा पत्रकारसँग कुरा गर्दै उनले ऐतिहासिक संविधानसभाले मूर्त रूप पाइनसकेकाले संविधान लेख्नु महत्वपूर्ण भएको बताए । एमालेले उत्पीडित, दलित, किसान र मजदुरका पक्षमा संविधान निर्माण गर्ने आश्वासन समेत उनले दिए । स्थानीयस्तरमा जनताले राखेका विकास निर्माणसम्बन्धी कामलाई प्राथमिकता दिइने उनको भनाइ छ ।