निर्वाचन सर्दैन, ढुक्क हुनुस्: कोइराला

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते ८:३५ मा प्रकाशित

भरतपुर, २१ कात्तिक– काँग्रेस सभापति सुशील कोइरालाले ४ मंसिरको निर्वाचन स्थगन हुने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

तिहार मानेर निर्वाचन अभियानका लागि राजधानीबाट बिहीबार चितवन पुगेका कोइरालाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग तोकिएकै मितिमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरे । उनले सबै दल र जनता निर्वाचन अभियानमा होमिइसकेकाले निर्वाचन सर्ने कल्पनासमेत गर्न नसकिने बताए ।

‘जनता र हामी सबै दल निर्वाचनमा होमिइसेकका छौ’, कोइराला sushilले भने, ‘ढुक्क हुनुस् निर्वाचन रोकिंदैन ।’ उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको बहिस्कार शान्तिपूर्ण हुने विश्वास गरे । मोहन वैद्य वौद्धिक र दार्शनिक नेता भएकाले उनले निर्वाचनका बेला हिंसा भड्काउन नसक्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us