एमाओवादी उम्मेदवारको घरमा तोडफोड

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते १:३१ मा प्रकाशित

Sunsariइटहरी, २१ कात्तिक– एमाओवादी सुनसरी क्षेत्रनम्बर ६ का उम्मेदवार डम्बर सुवेदीको घरमा तोडफोड भएको छ । सुवेदीको इटहरी २ स्थित घरमा तोडफोड भएको हो ।

सुवेदी सुनसरी जिल्ला इन्चार्जसमेत हुन् । तोडफोड भएको स्थानमा ‘राष्ट्रवादी आमूल परिवर्तनकारी शक्ति सुनसरी’ लेखिएको पर्चा फेला परेको छ ।

प्रहरीले आक्रमणकारीको खोजी भैरहेको जनाएको छ ।

दुई उम्मेदवारको गाडिमा आगजनी र तोडफोड
यसैबीच चितवनमा एकीकृत नेकपा माओवादीका दुई उम्मेदवारको गाडीमा अज्ञात समूहले आगजनी र तोडफोड गरेको छ । चितवन क्षेत्र नम्बर ५ का उम्मेदवार अमिक शेरचनको गाडिमा आगजनी र क्षेत्रनम्बर १ का उम्मेदवार यमबहादुर परियारको गाडिमा तोडफोड भएको हो ।

दिव्यनगर गाविसको ज्योतीनगरमा मोटरसाइकलमा आएका दुईजना व्यक्तिहरुले बुधबार बेलुकी शेरचनको बा ९ च ७६३६ नम्बरको गाडिमा पेट्रोल छर्किएर आगजनी गरेका हुन् । यसैगरी परियारको ग १ च ५६९४ नम्बरको गाडीमा पूर्वी चितवनको सीमलटाडीमा गएराति अज्ञात समुहले तोडफोड गरेको छ ।

गाडी तोडफोड र आगजनी गरेको आशंकामा प्रहरीले नेकपा–माओवादी चितवन क्षेत्रनम्बर पाँचका ईन्चार्ज टंक रेग्मीलाई पक्राउ गरेको छ । शशीनगरस्थित रेग्मीकै घरबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेकपा–माओवादी केन्द्रीय सदस्य अनिल शर्माले रेग्मीलाई तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us