एमालेको खुकुरी प्रहारबाट काँग्रेस कार्यकर्ता घाइते, चार एमाले कार्यकर्ता बन्धक

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १४:४६ मा प्रकाशित

जाजरकोट, २० कात्तिक–जाजरकोटको खगेनकोट गाविस–७ बुधबार विहान नेकपा एमालेका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् । खगेनकोट–७ का काँग्रेस कार्यकर्ता २८ वर्षीय नरबहादुर खत्री खुकुरी प्रहारबाट घाइते भएका हुन् ।

एमाले कार्यकर्ता धनबहादुर चदाराको खुकुरी प्रहारबाट खत्री घाइते भएको काँग्रेस कार्यकर्ताले बताएका छन् । बुधबार बिहान ३ बजे काँग्रेस र एमाले कार्यकर्ताबीच दोहोरो झडप भएको हो ।

खुकुरी प्रहारपछि आक्रोशित नेपाली काँग्रेस खगेनकोट र तरुण दलले नेकपा एमालेका कार्यकर्ताहरु भीमबहादुर चदारा, दुर्क चदारा, टेउटो नेपाली र हेमन्त चदारालाई कब्जामा लिएका छन् । उनीहरुलाई स्थानीय हरिबहादुर शाहीको घरमा बन्धक बनाएको बताइएको छ । घटनास्थल प्रहरी चौकी मैदेदेखि दुई घण्टाको पैदल दूरीमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us