
तौलिहवा, २१ कात्तिक–कपिलवस्तु क्षेत्रनम्बर १ का तमलोपाका प्रत्यक्षतर्फका उम्मेदवार सराफद खाँको निधन भएको छ । खाँको हृदयघातबाट विहीबार विहान निधन भएको हो ।
बुधबार राती हृदयघात भएपछि उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दै खाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
५९ बर्षीय खाँको श्रीमती, ३ छोरा र २ छोरी छन् ।