
काठमाण्डू, २१ असार– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कम्युनिष्ट घटकका नेताहरुसँग बैठक राखेका छन् ।
माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका कार्यबाहक महासचिव सिपी गजुरेल, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विकलगायत सहभागी थिए ।
बैठकमा समसायिक राजनीतिक घटनाक्रम तथा वामपन्थीहरुबीचको एकता लगायत विषयमा कुराकानी भएको प्रण्डको सचिवालयले जनाएको छ ।