तरुण दल जिल्ला सदस्य मृत फेला

काठमाण्डु टुडे २०७० कार्तिक २० गते ३:२९ मा प्रकाशित

TheKingdomOfNepal.com: Dailekh District Mapदैलेख, २० कात्तिक–दैलेखको सल्लेरी गाविस–३ स्थित रानाटोलमा तरुण दलका जिल्ला सदस्य नविनसिंह राना मृत अवस्थामा फेला परेका छन् । बुधबार विहान ५ बजे घर नजिकै उनको शव फेला परेको हो ।

मंगलबार दिउँसो एमालेका चार जना कार्यकर्तासँग निस्केका उनलाई घरका सदस्यहरुले घर नजिकै फेला पारेका थिए ।

एमाले कार्यकर्तासँग विवाद भएपछि उनको हत्या गरिएको हुनसक्ने परिवारका सदस्यले आशंका गरेका छन् । परिवारको किटानी जाहेरीपछि चारजनालाई पक्राउ गरि छानविन थालेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us