
बनेपा, २२ कात्तिक– काभ्रे क्षेत्रनम्बर ४ का काँग्रेस उम्मेदवार कुमार लामिछानेको चुनाव प्रचारमा प्रयोग हुँदै आएको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । अरनिको राजमार्ग अन्तर्गत बनेपा – १ मा रोकिराखेको बा ९ च ११२६ नम्बरको जीपमा आगजनी भएको हो ।
नचिनेका व्यक्तिहरुको समूहले विहीबार राती पेट्रोल छर्किएर गाडिमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट जीपको पछिल्लो भागमा क्षति पुगेको छ ।
प्रहरीले आगजनीमा संलग्नको खोजी भैरहेको जनाएको छ ।