
हेटौँडा, २१ कात्तिक- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आम जनतालाई शान्ति सुरक्षाका साथै विकासको पूर्वाधार र आर्थिक आत्मनिर्भरतर्फ उन्मुख गर्न जनताले राष्ट्रवादी शक्तिलाई मतदान गरेर नेतृत्व दिनुपर्ने बताएका छन् ।
राप्रपा नेपाल मकवानपुरद्वारा जिल्लाको क्षेत्र नं १ अन्तर्गत छतिवन गाविसको जुरेली तथा स्थानीय फापरबारी गाविसमा बिहीबार छुट्टाछुट्टै आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रमुख दलहरुको अपरिपक्क नेतृत्वले गर्दा राजनीतिक सङ्कट बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।
राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्टको सभापतित्वमा भएको कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य मधुकर अधिकारी र पार्टीको प्रत्यक्ष उम्मेदवार प्रलिता थापाले राष्ट्रको सर्वोपरी हितमा र दुर्गम भेगका जनताको सामाजिक उत्थान गर्ने अभियानमा राप्रपा नेपाल लाग्ने बताए । रासस