दाङ र बर्दिया बन्द

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ३:१२ मा प्रकाशित

घोराही, २४ कात्तिक–संविधानसभा निर्बाचनको विरोधमा उत्रिएको नेकपा–माओवादीले आइतबार दाङ र बर्दिया जिल्ला बन्द आह्वान गरेको छ । चार दलका शीर्ष नेताहरुलाई बहिष्कार गर्ने कार्यक्रम अनुसार विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म चक्काजाम आह्वान गरेको नेकपा–माओवादीले जनाएको छ ।

मेची–महाकाली अभियान अन्तर्गत एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ आउन लागेको र काँग्रेस सभापति सुशील कोइराला बर्दियाको चुनावी सभामा सम्वोधन गर्न जान लागेकोले बन्द आह्वान गरिएको हो ।

बन्दका कारण सर्वसाधारण मर्कामा परेका छन् ।  विहान केही समय गाडि चले पनि ७ बजेदेखि यातायातका साधनहरु कम मात्रै चलेका छन् । ब्यापार ब्यवसाय, शिक्षणसंस्था र कलकारखानामा बन्द नगरिएको नेकपा–माओवादीका दाङ जिल्ला ईन्चार्ज इन्द्रजीत थारुले जानकारी दिए ।

शंकास्पद बस्तु फेला

दाङको घोराही–तुलसीपुर सडकखण्डको पर्सेनीमा शंकास्पद बस्तु फेला परेको छ । सो स्थानलाई सुरक्षाकर्मीले सुरक्षीत घेराउ गरेको छ ।

हलवार गाबिस वडा नम्बर १ को पर्सेनीको सडक खण्डमा बिहान फेला परेको शंकास्पद बस्तु बम हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो बस्तुको परीक्षणकालागि नेपाली सेनाको १९ नम्बर वाहिनीको बम डिष्पोजल टोलीलाई खबर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us