एमाओवादी उम्मेदवार किराँतीमाथि गोली प्रहार

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ५:१५ मा प्रकाशित

Rajendra-Kiratiखाँदबारी, २४ कात्तिक– एकीकृत नेकपा माओवादी संखुवासभा क्षेत्रनम्बर २ का उम्मेदवार राजेन्द्र किराँतीलाई गोली प्रहार भएको छ । जिल्लाको जलजला गाविस–२ मा चुनावी सभा सकेर फर्किने क्रममा शनिबार राती ९ बजेति किराँतीमाथि गोली प्रहार भएको हो । तर, गोली नलागेपछि उनी सकुशल छन् ।

आक्रमणकारीको पहिचान भएको छैन । आक्रमणको खबर पाएपछि परिचालित प्रहरीले घटनास्थल नजिकैको ओखङको जंगलबाट एसएलआर बन्दूक र त्यसको ११ राउण्ड गोली बरामद गरेको छ । प्रहरीले पड्काउन तयारी अवस्थामा राखिएको बम, तार ब्याट्रिसमेत बरामद गरेको छ । यसबारे थप अनुसन्धान भैरहेको र सुरक्षाकर्मीको गस्ती बढाइएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी पवन गिरीले जानकारी दिए ।

शनिबार पनि किराँतीको सभालाई विथोल्न बिभिन्न स्थानमा रुख ढालेर बाटो अबरुद्ध पारिएको थियो ।

शनिवार नै ताप्लेजुङमा एमालेको सभामा अज्ञात समूहले बम आक्रमण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us